२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

हराईरहेका दुइ बालिका भेटिए, एक बालक अझै बेपत्ता

२०७५, २० श्रावण आईतवार १७:०७

चिसाङ शेर्पा | साउन २०, खोटाङ | खोटाङमा हराईरहेका दुइ बालिका फेला परेको छ । खोटेहाङ गाउँपालिका–८ सिमपानीस्थित कात्तिकेकी १३ वर्षीय अनिता श्रेष्ठ र सोहि ठाउँकी १५ वर्षीय कृष्ण कुमारी तामाङ फेला परेको हो ।

गत असार ३ गतेबाट एक्कासी हराएका दुइ बालिकालाई १ महिना १६ दिनमा हिजो उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१५ खाँवुस्थित रमा राईको घरमा फेला पारिएको सिमपानी ईलाका प्रहरी चौकी सिमपानीका असई प्रकाश चौधरीले जानकारी दिनुभयो । दुइ बालिकाले गाईघाटबाट फर्केको बताउदै खाँवुका स्थानिय वासिन्दा रमाको घरमा वास बसी आफन्तको नम्बर दिएर बोलाउन लगाएको र बालिकाको आफन्त लिनलाई गईसकेको प्रहरीको भनाई छ ।

हराएका दुइ बालिकाको स्वास्थ्य अवस्था कुनै समस्या नरहेको जनाईएको छ । लामो समयसम्म हराएका बालिकाको खोजीका लागि परिवार, आफन्त, छरछिमेक र प्रहरी जुटेको थियो ।  


यसैगरी, हप्तादिन यता हराईरहेका एक बालक अझै फेला परेको छैन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका १६ वर्षीय प्रदिप राई नाम गरेका बालक फेला नपरेको हो ।

गएको साउन १४ गते घरमा आमाबुबा नभएको बेलामा छिमेकी साथीहरुलाई मावला जाने भनी घर छोडेर हिडेका घरको कान्छा छोरा हालसम्म कतै फेला नपरेको आमा चित्रकुमारी राईले जानकारी दिनुभयो । सोझो र बेलाबेला प्रष्ट मुख नलाग्ने प्रदिप मावला खाल्लेहुंदै टेम्मा जान्छु भनेर हिडेको भएता पनि खाल्ले र टेम्मामा नभेटिएको आमा चित्रकुमारीले बताउनुभयो ।

प्याजी रंङको ज्याकेट, निलो पाईन्ट लगाएका बालक परिवार, आफन्तले खोजी गर्दा नभेटिएपछि परिवारले साउन १६ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा खोजीका लागि निवेदन दिएको छ । बालकको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय दिक्तेलले बताएको छ । आजबाट हराएका बालकको खोजीमा फेरी आमासहित छिमेकीहरु गाउँगाउँ निस्कनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित