2026-10-18 10:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा बसाइँ सरी आउनेलाई पाँच लाखसम्म अनुदान

साउन २१, तेह्रथुम (रासस) | तेह्रथुमको छथर गाउँपालिकाले आफ्नो जनसंख्या बढाउन बसाइँ सरी आउनेलाई अनुदान दिने नीति लिएको छ । 

गाउँपालिका क्षेत्रमा बसाइँ सरी आएर व्यवसाय गर्नेलाई उनीहरुको व्यावसायिक योजनाका आधारमा रु पाँच लाखसम्म अनुदान उपलब्ध गराउने भएको हो । ग्रामीण क्षेत्रमा सेवा सुविधाको अभाव भन्दै सर्वसाधारणको बसाइँ सरेर जाने क्रमलाई रोक्न गाउँपालिकाले विभिन्न कार्यक्रम बनाएको छ । 

पूर्वाधार निर्माण, आवश्यक स्रोत साधन परिचालन, खानेपानी व्यवस्थापनलगायत योजनाले बसाइँसराइ रोक्ने गाउँपालिकाले नीति लिएको अध्यक्ष सन्तवीर लिम्बूले बताउनुभयो । गाउँपालिकाबाट बसाइँसराइ लिएर गइसकेकालाई पुनः फर्काउने र शहरी क्षेत्रमा निस्किएर व्यवसाय गर्नेलाई लक्षित गरी बसाइँ सरेर आउनेलाई व्यावसायिक अनुदान उपलब्ध गराउने निर्णय भएको अध्यक्ष लिम्बूको भनाइ छ । 

गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ को बजेटबाट तत्कालका लागि रु १० लाख बजेट व्यवस्था गरेको छ । कार्यक्रमको प्रभावकारिता हेरेर गाउँपालिकाले बजेट थपघट गर्ने तयारी गरेको छ । 

तत्कालीन आङ्दिम, हमरजुङ, पञ्चकन्या, फाक्चामारा, ओख्रे र सुदाप गाउँ विकास समिति मिलेर बनेको छथर गाउँपालिकाको जनसंख्या हाल १६ हजार ७५० मात्रै रहेको छ । गाउँपालिकाले कृषि र पर्यटनलाई लक्षित गरी व्यावसायिक वातावरण बनाउन प्रयत्न गरिएको जनाएको छ । यो क्षेत्रमा अहिले पनि तरकारी र दूध आम्दानीको राम्रो स्रोत बनिरहेको छ । यसबाहेक शैक्षिक र अन्य साना व्यावसायिक क्षेत्रमा समेत लगानीको पर्याप्त सम्भावना रहेको गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु