2026-09-14 04:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा अपराध नियन्त्रणका लागि सिसी क्यामेरा जडान

साउन २१, रोल्पा | सदरमुकाम लिवाङ बजारमा अब सिसी क्यामेराबाटै निगरानी गरिने भएको छ । अपराध अनुसन्धान तथा शान्ति सुरक्षा सुदृढ गर्ने उद्देश्यले उक्त क्यामेरा जडान गरिएको हो । 

बजार क्षेत्रको दैनिक गतिविधि अब प्रहरी कन्ट्रोलरुमबाटै निगरानी हुने प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुँयालले बताउनुभयो । 

रोल्पा नगरपालिका, रोल्पा उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, गैर सरकारी संस्था महासंघ, विभिन्न बंैक र लेखापढी कानून व्यवसायी एशोसिएशनको संयुक्त लागतमा सदरमुकामका विभिन्न स्थानमा १० वटा सिसी क्यामेरा जडान गरिएको छ । 

ती क्यामेरामध्ये चार वटा चारैतिर घुम्ने र छ वटा एकैतिर रहने खालका छन् । टुँडिखेल क्षेत्रमा तीनवटा, जनता बैंक अगाडि, लोकतान्त्रिक चोकमा , बीच बजारमा, पिपल चौतारामा सात्ताले खोलामा, शिवालय मन्दिरमा र जिल्ला प्रशासन कार्यालयको ढोकामा एक–एक वटा क्यामेरा रहेका छन् । 

जिल्ला सदरमुकाममा विभिन्न क्षेत्रका मानिसको आवतजावत हुने भएकाले सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न तथा सामाजिक विकृति रोक्न क्यामेरा जडान गरिएको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले बताउनुभयो । 

ती क्यामेराका लागि उक्त नगरपालिकाबाट रू सात लाख र अन्य निकायबाट रु ११ लाख ६३ हजार व्यहोरिएको उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले