कोहलपुर नगरप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कोहलपुर नगरप"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

श्रीमतीको हत्यापछि सन्तानको बिचल्ली

२०७५, २१ श्रावण सोमबार ०९:३६

साउन २१, बाँके | एक वर्षअघि श्रीमतीको हत्या गरी इलाका प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका मोहम्मद अस्ताव बेडुवाका सन्तानको बिचल्ली भएको छ । 


कोहलपुर नगरपालिका–४ बेलनपुरका २९ वर्षीय बेडुवाले विसं २०७३ असारमा २७ वर्षीया श्रीमती फल्सुनदेवीको हत्या गरेर सजाय भुक्तानका लागि अहिले कारागारमा रहेकाले उनका छ छोराछोरी बिचल्लीमा परेका हुन् । उनले झारफुक गर्न जाने भन्दै श्रीमतीलाई तीन किलोमिटर टाढा बाटोमा लगेर हत्या गरेका थिए । 

हाल टुहुरा जस्तै बनेका उनीहरु जहाँ जान्छन् त्यहीँ खान्छन् । कसैले मतलव गर्दैनन् । अलि ठूलो भएको जेठा छोरोले पनि मागेरै गुजारा चलाउँदै आएको बेडुवाको भाइबुहारी आसरा खानले बताउनुभयो । 

“गरिबीका कारण आफ्नै ज्यान त पाल्न गाह्रो छ तर पनि हामी जे खान्छौ उनीहरूलाई त्यही खुवाउँछौँ”, आसराले भन्नुभयो, “बालबच्चालाई कसैले सहयोग गरे उनीहरुको भविष्य उज्वल हुने थियो । ससाना बच्चा छन्, कहिले काँही पढ्न जान्छन् तर प्राय मागेरै छाक टार्दै हिँड्ने गर्छन् । ” 

“अरुको घरमा काम गरेर बालबच्चा र आफ्नो छाक टार्ने गरेकी छु”, बेडवाकी आमा सुन्दरीया खानले भन्नुभयो, “छोरा कारागारमा बसेपछि उस्का सन्तानलाई समस्या भएको छ । कसैले वास्ता नगरेकाले तिनले छाक टार्नकै लागि छिमेकीका गाईगोरु चराएर गुजारा चलाउने गरेका छन् । ” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते