२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

दाउराले हानेर बृद्धाको हत्या गर्ने महिला पक्राउ

२०७५, २१ श्रावण सोमबार १०:३२

प्रेम सुनार |  साउन २१, अर्घाखाँची । अर्घाखाँचीमा एक वर्ष अघि घरमा मृत फेला परेकी एक बृद्धाको हत्या भएको खुलेको छ । त्यहाँको प्रहरीले हत्या अभियुक्त एक महिलालाई आईतवार पक्राउ गरी म्याद थप  समेत गरेको छ । २०७४ साल असोज ३ गतेका दिन छत्रदेव गाउँपालिका वडा नम्वर ७, साविक भगवती गाविसको काउले की ६४  बर्षिया बृद्धा श्यामकला पाण्डे घर भित्र रक्त्ताम्मे अवस्थामा मृत फेला परेकी थिईन ।

उनलाई छिमेकी महिला ५५ वर्षिया उमा पाण्डेले दाउराले हानेर हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए ।  डिएसपी मल्लले भने–‘  त्यसको केहि समय अघि ति बृद्धाको घरबाट बग्ने कुलेसो तल  अभियुक्त महिलाको घरबाट बग्ने र त्यस विषयमा झगडा भएको हत्याको पहिलो कारण देखिन्छ ।  त्यस भन्दा अघि ति बृद्धाले उमा पाण्डेका श्रीमान शोभाखर पाण्डेलाई   जग्गाको बैना लिएर  पछि अर्कैलाई उक्त जग्गा बेचेको रिस पनि देखिन्छ । ’

मल्लले हिजो अदालतमा म्याद थप गरी अनुसन्धान अगाडी बढाएको बताए । हत्याको उक्त दिन ति बृद्धा लडेको स्थानमा रगतको पोखरी थियो । उनले छोडाउँदै गरेका मकै समेत रगतमा डुवेका थिए । अघिल्लो दिन छोराहरु घरमा आई बावुको तिथी गरेर त्यसै दिन विहान बुटवल तर्फ फर्केका थिए । उनि घरमा एक्लै बस्दै आएकी थिईन ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने