Skip to content
Friday, July 17, 2026 Nepali Online Media

विद्युत प्राधिकरण मिर्चैयाद्धारा ५९ करोड भन्दाबढी महशुल असुली

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

राम नारायण पंडित। साउन २२, सिरहा। केही वर्षअघिसम्म अत्यधिक विद्युत् चुहावट हुँदै आएको सिरहाको मिर्चैया क्षेत्रमा यसवर्ष चुहावट शून्य दशमलव ४५ प्रतिशतमा झरेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मिर्चैयाका प्रमुख शिवराम यादवका अनुसार चुहावट नियन्त्रण अभियान सञ्चालन गरेपछि ९ दशमलव ७२ प्रतिशतबाट शुन्यमा झारिएको हो ।

आर्थिक वर्ष २०७३÷७४ सम्ममा ९ दशमलव ७२ प्रतिशत विद्युत् चुहावट हुँदै आएको थियो । यस्तै समयमै विद्युत् महसुल नबुझाउने एक हजार ३ सय ३५ ग्राहकको विद्युत् लाइन आव २०७४÷७५ मा काटिएको यादवले बताए । बाँकी बक्यौता रकम समयमा नबुझाएका तथा पटक पटक महसुल बुझाउन आग्रह गर्दा पनि बेवास्ता गर्ने ग्राहकको लाइन काटिएको यादवको भनाइ छ ।

विद्युत् लाइन काटिएका एक हजार ५३ ग्राहकबाट रु दुई करोड ५६ लाख १३ हजार पुरानो बक्यौता रकम संकलन गरिएको छ । वितरण केन्द्र मिर्चैयाले आव २०७४÷७५ मा अंकुश लगाएर विद्युत् चुहावट गर्ने १९३ जनालाई पक्राउ गरी कारवाही गरेको छ । कारवाही गरिएकाबाट रु आठ लाख २८ हजार राजश्व संकलन गरिनाका साथै २०० भन्दा बढी विद्युत् उपकरण बरामद् गरिएको बताइएको छ ।

बितरण केन्द्रले २०७४ साउन महिनादेखि २०७५ असार महिनासम्ममा ५९ करोड २४ लाख ६५  हजार ४ सय ६८ रुपैया विद्युत महशुल असुली गरेका छन् ।