Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सेफ्टीट्यांकीमा निस्सासिएर एकको मृत्यु

By kit 2 मिनेट पढाइ

<p><b>साउन २२, धनुषा |</b> धनुषामा निर्माणाधीन सेफ्टीट्यांकीको रिङ खोल्ने क्रममा निस्सासिएर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । जनकपुर ल्याउँदै गर्दा मिस्त्री दिनेश चौधरीको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।&nbsp;<br></p><p>धनुषाको विदेह नगरपालिका–६ तीन कौरिया बस्ने रामशोभित महतोको घरमा आज बिहान सेफ्टीट्यांकीको रिङ खोल्ने क्रममा स्थानीय ३० वर्षीय मिस्त्री दिनेश चौधरीको निस्सासिएर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय शुभनारायण दास र फुलगेन दास निस्सासिएर घाइते भएका छन् । प्रहरीका अनुसार शुभनारायणको उपचार जनकपुर अञ्चल अस्पताल र फुलगेनको उपचार धनुषा अस्पतालमा भइरहेको छ ।&nbsp;</p><p>तीनकौरिया प्रहरी चौकीका अनुसार बिहान दिनेश चौधरी रिङ खोल्न सेफ्टीट्यांकीभित्र पस्दा निस्सासिएर घाइते भएपछि उनको उद्धारका लागि शुभनारायण र फुलगेन पालैपालो छिरेका थिए । तर उनीहरु पनि निस्साएिर सिकिस्त भएपछि प्रहरी टोली पुगेर तीनैजनाको उद्धार गरी उपचारको लागि जनकपुर पठाएको थियो ।&nbsp;</p>