२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

सिक्किमले नेपाल जोड्ने पहिलो सडक निर्माण गर्दै

२०७५, २२ श्रावण मंगलवार ११:३९

जीतबहादुर भण्डारी | साउन २२, पाँचथर | भारतको सिक्किम सरकारले पश्चिम सिक्किममा रहेको सुन्दर उत्तरी भेगका गाउँलाई नेपालको सिमानामा रहेको चिवा भञ्ज्याङसँग जोड्न सडक निर्माण गर्न थालेको छ । 

नेपाल सिक्किमबीचको प्रवेशविन्दु चिवा भञ्ज्याङ समुद्र सतहदेखि १० हजार ५०० फिटको उचाइमा छ । उक्त सडकले सिक्किमको पर्यटन र व्यापारमा टेवा पु¥याउनाका साथै सिक्किम र नेपाल जोड्ने पहिलो स्तरीय सडक सम्पर्क हुने बताइएको छ । सय किमीसम्म सिमाना जोडिएको नेपाल र सिक्किमबीच हालसम्म कुनै गुणस्तरीय सडक सम्पर्क छैन । 

उत्तरी–चिवा भञ्ज्याङ मार्ग १८ किलोमिटर लामो हुनेछ । सिक्किम सडक तथा पुल विभागले २५ करोड भारु विनियोजन गरेको सोे सडक आगामी माघसम्म निर्माण भइसक्ने आशा गरिएको छ । 

सिक्किमका शहरी विकास र आवास विभागमन्त्री एनके सुब्बाले सो सडक धेरै पहिले बनिसक्नुपर्नेमा वातावरणीय अनुमतिमा भएको ढिलाइले निर्माण ढिलो भएको बताउनुभयो । “हाल निर्माण तीव्र गतिमा अघि बढिरहेको छ । पुसको मध्यसम्म सडक निर्माण भइसक्ने अनुमान गरिएको छ”, उहाँले भन्नुभयो । स्थानीयवासीका अनुसार खुला सिमानाका कारण दुवैतर्फका जनताले वर्षौंदेखि सानोस्तरमा यहाँबाट व्यापार गरिरहेका थिए । 

गोलभेँडा निकासी खुला 

एक महिनादेखि भारत निकासी ठप्प रहेको गोलभेँडा निकासी शुरु भएपछि यहाँका कृषक हर्षित छन् । संघीय सरकार र प्रदेश सरकारको पहलमा गोलभेँडा निकासी शुरु भएको प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताउनुभयो । 

उहाँका अनुसार तत्काललाई किसानले फलाएको गोलभेँडा बिक्री गर्नका लागि यहाँको नाकाबाट निकासी हुने प्रबन्ध मिलाइएको जानकारी दिँदै उहाँले भन्नुभयो, “सूचीमा पार्नका लागि वाणिज्य मन्त्रालयका सहसचिवको नेतृत्वमा रहेको समितिले काम अघि बढाएको हो ।” 

भारतीय पक्षले निकासी हुने सूचीमा गोलभँेडा नपरेको भन्दै रोकेपछि पूर्वी पहाडका विभिन्न जिल्लामा उत्पादन भएको गोलभेँडाको बिक्रीवितरण प्रभावित भएको थियो । 

केही दिनअघि बजार प्रवद्र्धन तथा निकासी केन्द्रको एक टोली आएर किसानको समस्या बुझेको थियो । निकासी खुलेसँगै गोलभेँडाको मूल्यमा वृद्धि हुनाका साथै व्यापार पनि बढेको राष्ट्रिय कृषक समूह महासङ्घ जिल्ला अध्यक्ष गणेश पोखरेलले जानकारी दिनुभयो । यहाँको याङ्वरक र हिहिहाङ गाउँपालिकाका किसानको बगानबाट यस वर्ष रु रू १३ करोडभन्दा बढी आम्दानी हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते