2026-09-14 05:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुला जिल्लामा ३६ घन्टापछि सञ्चार सुचारु

लोकेन्द्र प्रसाद जोशी | साउन २३, दार्चुला । दार्चुला जिल्लामा ३६ घन्टादेखी बन्द रहेको नेपाल टेलिकम अन्तरगतका सम्पुर्ण सेवाहरु सूचारु भएका छन । जिल्लामा सञ्चालनमा रहेका ल्यान्डलाइन, मोबाइल फोन र इन्टरनेट सेवा दुइ दिनसम्म बन्द हुदा दार्चुला सञ्चारविहिन भएको थियो । सञ्चारसेवा ठप्प हुदा बैंकिङ तथा बित्तिय कारोबार, सरकारी कार्यालय, सञ्चारमाध्यम लगायत आम सेवाग्राहिको दैनिकि प्रभाबित भएको थियो । सोमबार राती १० बजेदेखी टेलिकम दार्चुलाको ल्यान्डलाइन, स्काई, नमस्ते, एडिएसएल इन्टरनेट लगायत सबै सेवाहरु ठप्प भएका थिए ।

टेलिकमको दार्चुला बालसिखरस्थित मेन रिपिटर अर्थात मुख्य टावरमा सोलार ब्याट्रि चार्ज नभएर जिल्लाभरीको सेवा बन्द भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिकाको बालसिखरसम्म अहिलेसम्म बिद्युतिकरण हुन नसक्दा सोलारको भरमा मेन रिपिटर टावर सञ्चालन हुदै आएको छ । उच्च क्षमताको सोलार पाता र ब्याटी« जडान गरीएको भएपनि तिन चार दिनदेखी लगातार घाम नलागेपछि ब्याट्रीमा जम्मा भएको चार्ज समेत सकिएर सेवा बन्द भएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण बहादुर गुरुङले जानकारी दिनुभयो ।

बिद्युतिकरण अन्तरगत आर्थिक बर्ष २०७१÷०७२ देखि उक्त क्षेत्रमा बिद्युत पुर्याउन ठेक्का भएपनि बिद्युत प्राधिकरणले समयमै निर्माण सामाग्री उपलब्ध गराउँन नसक्नु, ठेकेदारको लापरबाही र गैरजिम्मेवारीका कारण काममा हालसम्म समेत प्रगति हुन सकेको छैन । झन्डै आधा दर्जन पटक ठेक्काको म्याद थप भएपनि सरोकारवाला पक्षहरुको उदासिनताका कारण काममा प्रगति हुन सकेको छैन । चालू आर्थिक बर्षमासमेत टेलिकमको बालशिखर टावरसम्म बिद्युतिकरण गर्ने काम भइरहेको छ । पुरानो काम सम्पन्न नहुदा बालसिखरसम्म बिद्युत लाइन बिस्तार गर्न ढीलाइ भइरहेको नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र दार्चुलाले जनाएको छ ।

यसैबिच दार्चुला जिल्लाको झण्डै आधा जनसंख्या र भुगोल विगतदेखी नियमित सञ्चारको पहँुचबाट बञ्चीत रहदै आएको छ । इन्टरनेट र फोन सेवामा कुनै समस्या नभएको बेलासमेत दार्चुला जिल्लाको ठुलो भूगोल सञ्चारबिहिन हुने गरेको छ । 

ग्रामीण क्षेत्रमा विद्युतीकरण नहुनु, भौगोलिक विकटता, उपकरणमा देखीने समस्या र मौसमको प्रतिकुलताका कारण सञ्चार प्रबिधिको युगमासमेत दार्चुलाबासीले सञ्चार सुविधाबाट वञ्चीत हुनुपरेको छ । जिल्लाको मार्मा, नौगाड, अपिहिमाल, लेकम, ब्यास र दुहु गाउँपालिकालगायत अधिकांश क्षेत्र नेपाल टेलिकमको सञ्चार सेवाको प्रभाबकारी पहुँच पुग्न सकेको छैन् । महाकाली नगरपालिकाकै वडा नम्बर २, ७ र ८ तथा शैल्यसिखर नगरपालिकाको समेत केहि क्षेत्रमा समेत राम्रो सँग मोबाइल फोन सुविधा छैन । नौगाड, मार्मा, अपि, दुहु लगायत क्षेत्रमा बिद्युत अभावका कारण बादल लागे मोबाइल फोनले कामै गर्न छोड्ने गरेको छ । मार्मा क्षेत्रमा घामकै भरमा सञ्चार सुचारु हुने र रातीको समयमा ठुलो भुगोल सञ्चारबिहिन हुने गरेको छ । टेलिफोन पहुँच पुगेपनि विद्युतीकरण नहुँदा सञ्चारबाट सेवाग्राहीले समस्या झेल्नपरेको हो । सञ्चार पहुच नपुगेको क्षेत्रमा टावर बिस्तार र सबै टावरहरुसम्म बिद्युतिकरणको सुबिधा भएमात्रै नियमित टेलिफोन र इन्टरनेट सेवा जनताले पाउँने स्थानियको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ