२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा विमानस्थल अवरुद्ध भएपछि यात्रुलाई सास्ती

२०७५, २३ श्रावण बुधबार १०:५५

साउन २३, खोटाङ | जिल्लाका तीनवटै विमानस्थल अवरुद्ध भएपछि यात्रुलाई सास्ती भएको छ । दुई विमानस्थलमा कालोपत्रेको काम र एउटामा पहिरोले क्षति पुर्याएपछि लामो समयदेखि हवाई सेवा अवरुद्ध भएको हो । 

सबै हवाईसेवा अवरुद्धपछि जिल्ला अस्पताल खोटाङबाट अन्यत्र पठाइएका बिरामीलाई धेरै समस्या भएको छ । जिल्लावासीले चर्को मूल्यमा हेलिकप्टर चार्टर गरेर पठाइएका बिरामीलाई अन्यत्र लाने गरेका छन् । जिल्लाको पुरानो लामिडाँडा विमानस्थल २०७४ साल वैशाखदेखि उडान तथा अवतरण भएको छैन । विसं २०२८ बाट सञ्चालनमा आएको सो धावन मार्गमा कालोपत्रेको काम थालेपछि अवरुद्ध भयो । 

नेपाल नागरिक उड्यायन प्राधिकरणको रु ६ करोड ७६ लाख ९३ हजार लगानीमा कालोपत्रे थालिएकोमा आधा सकिएको स्टेशन म्यानेजर रमेश श्रेष्ठले बताउनुभयो । वर्ष दिनमा सक्नेगरी काम थालिएकोमा अहिले ग्याबिङ वाल भर्ने, धावन मार्गमा ग्राबेलिङ गर्ने र आसपासमा नाली बनाउने काम भएको छ । 

व्यस्त रहने लामिडाँडा विमानस्थलमा हवाईसेवा अवरुद्धपछि अस्पतालले अन्यत्र पठाइएका बिरामीलाई समस्या परेको छ । विमानस्थल कालोपत्रेको जिम्मा वाइएनएस, एसएपी र सूर्य कन्ट्रक्शन प्रालिले साझेदारीमा लिएको हो । 

दक्षिणी क्षेत्रको थामखर्क विमानस्थलमा उडान तथा अवतरण अवरुद्ध भएको दुई वर्ष भयो । कच्ची अवस्थामै उडान शुरु गरेको १८ वर्षपछि कालोपत्रे शुरु गरिएको विमानस्थल रौता कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । 

विसं २०७३ माघदेखि शुरु गरेर २०७५ साल असार मसान्तसम्ममा सम्पन्न गर्नेगरी सम्झौता गरिएकोमा विमानस्थलको काम अहिले ७५ प्रतिशत मात्र सकिएको नेपाल नागरिक उड्यायन प्राधिकरणका इञ्जिनियर रत्न श्रेष्ठले बताउनुभयो । प्राधिकरणको रु नौ करोड ३८ लाख ६८ हजार ७०० लागतमा सो विमानस्थलको धावनमार्ग कालोपत्र शुरु गरिएको हो । 

जिल्लावासीको चन्दा सङ्कलनबाट बनाइएको सदरमुकाम दिक्तेलबाट नजिक पर्ने मनमाया राई खानीडाँडा विमानस्थल गत जेठबाट अवरुद्ध छ । जेठ १ गते दिउँसो परेको भारी वर्षापछि धावनमार्गमाथिबाट बगेको भलबाढीले पहिरो जाँदा विमानस्थल अवरुद्ध भएको हो । 

भलबाढीले धावनमार्गमुनी बनाइएको ढल थुनियो । माथिबाट बगेको बाढीले दक्षिणी भाग भत्किएको निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिरो गएपछि मर्मत गर्न सम्बन्धित निकायले ध्यान नदिँदा विमानस्थल अवरुद्ध भएको हो ।” 

विमानस्थलसँगै जिल्लाका ग्रामीण सडकसमेत वर्षायाममा अवरुद्ध हुँदा बिरामीलाई डोकोमा बोकेर स्वास्थ्य संस्था पुर्याउनुपर्ने बाध्यता रहेको बराहपोखरी गाउँपालिका–५ का दीपक राईले बताउनुभयो । अवरुद्ध विमानस्थल र ग्रामीण सडक तत्काल सञ्चालन गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने जिल्लावासीको माग छ । 

जिल्लाका अवरुद्ध विमानस्थल, ग्रामीण सडक र हरेक विकास निर्माणका काममा खबरदारी गरिरहेको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताउनुभयो, “काममा विलम्ब गर्ने ठेकेदारलाई बोलाएर आफूले जिम्मा लिएका काम तत्काल पूरा गर्न पटक–पटक निर्देशन दिने गरेको छु ।” 

अवरुद्ध विमानस्थल र ग्रामीण सडक आगामी भदौबाट नियमित गराउने ठेकेदार कम्पनीले जनाएको छ । जिल्लामा अहिले वर्षा भइरहेकाले कालोपत्रे लगायतका काममा कठिनाई भएको ठेकेदारहरुको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा