२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अन्तिम पत्र लेखेर कुस्माबाट हराएका प्रधानाध्यापक अलपेश्वर गुफामा मृत भेटिए

२०७५, २३ श्रावण बुधबार ११:२४

साउन २३, पर्वत | पर्वतको कुश्मा नगरपालिका ९ घर भई पर्वतकै मोदी गाउँपालिका ६ दोविल्लामा सञ्चालित हरि प्राथमिक विद्यालयका प्रधानध्यापक ५९ बर्षिय शिवप्रसाद पौडेल अलपेश्वर गुफा भित्र मृत भेटिएका छन ।

कुस्मा नगरपालिका वडा नं ९ स्थित अलपेश्वर गुफाको सबैभन्दा तल्लो भागमा बुधबार दिउँसो छ दिन पछि प्रअ पौडेल मृत भेटिएका हुन । बिहान पुजा पाठ गर्न भनि मन्दिर गएका पौडेल साउन १८ गते शुक्रबार विहानदेखि बेपत्ता भएका थिए ।

अलपेश्वर गुफा भित्र उनले कम्मरमा बाँध्दै आएको पटुकी भेटिएपछि आफन्त र प्रहरीले खोजी गर्ने क्रममा गुफाको सबैभन्दा तल्लो भागमा ढुंगामा अड्किएको अवस्थामा शब भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । मृतक पौडेलको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने तयारी भएको छ । करिव ३८ बर्ष शिक्षण गरेका पौडेल १७ बर्षदेखि हरि प्राथमिक विद्यालयमा अध्यापन गराउँदै आएका थिए । उनी बेपत्ता भएपछि प्रहरी र आफन्तले खोजी गर्दै आएका थिए ।

मृतक पौडेलले अन्तिम पत्र भनेर घरमा लेखेर छाडेको पत्रमा छोराछोरीलाई राम्रो संग पढाउन नसकेको तथा जीवनमा केही गर्न नसकेको लेखेका थिए । बेपत्ता शिक्षक पौडेलका १ छोरा र १ छोरी छन् । छोरा वैदेशिक रोजगारका शिलशिलामा दुवईमा रहँदै आएका छन् भने छोरीको विवाह भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन