२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटका एक हजार द्वन्द्वपीडितले पाए राहत

२०७५, २३ श्रावण बुधबार ११:२५

साउन २३, नुवाकोट | जिल्लाका एक हजार ८२ जना द्वन्द्वपीडितले राहत रकम पाएका छन् । 

जिल्ला प्रशासन कार्यालयमा गत आर्थिक वर्षको अन्त्यतिर आएको राहत रकम वितरण गरिएको हो । द्वन्द्वका समयमा तत्कालीन सरकार र विद्रोही पक्षका कारण पीडित भएकाहरुलाई वितरण गर्न रु चार करोड २५ लाख ६५ हजार पठाइ ए पनि रु तीन करोड आठ लाख ५० हजार मात्र खर्च भएको जिप्रकाका प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिनुभयो । 

द्वन्द्वपीडितका लागि आएको राहतमा रु एक करोड १७ लाख १५ हजार फिर्ता भएको छ । “माग दावी पर्याप्त पर्न नआएका कारण रकम फिर्ता भएको हो । केहीको नाम र थर फरक भएकाले राहत प्रदान गर्न सकिएन”, प्रशासकीय अधिकृत शर्माले भन्नुभयो । 

सबैभन्दा बढी विस्थापित ९८७ जनाले राहत पाएका छन् । विस्थापितलाई रु २५ हजारको दरले राहत वितरण गरिएको हो । यस्तै अपहृत ५० जनाले पनि रु २५ हजारको दरले रकम पाएका छन् । 

जिप्रकाअनुसार मृतक र बेपत्ताका १४ परिवारले रकम पाएका छन् । एक जनाको परिवारले रु १० लाख र बाँकी १३ जनाका परिवारले जनही रु एक लाख ५० हजारका दरले राहत पाएका छन् । यस्तै द्वन्द्वपीडित टुहुरा बालबालिका २३ जनाले जनही रु ६० हजारको दरले पाएका छन् । यस्तै आठ अंगभंग भएकाहरुले रु पाँच लाख ९५ हजार २०० प्राप्त गरेको जिप्रकाका लेखाअधिकृत रामजी लम्सालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते