२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

बिसंखेले पाए अभिभावक

२३ श्रावण २०७५, बुधबार १७:०७

चिसाङ शेर्पा | साउन २३, खोटाङ | खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष विकास राईले सालपीदेबी प्रावि लफ्याङका कक्षा २ मा अध्ययनरत छात्र परिज्ञान बिसंखेलाई अभिभावकत्व ग्रहण गर्नुभएको छ । वडा शिक्षा समिति लफ्याङले प्रकाशन गरेको शैक्षिक क्यालेण्डर अनुसारको भुसंरक्षण गोष्टीको अवसरमा राईले अभिभावकत्व ग्रहण गर्नुभएको हो ।

बुबा बैदेशिक रोजगारीमा मृत्यु भएको र आमाले दोश्रो विवाह गरेपछि आर्थिक स्थिती कमजोर तथा एकल महिला हजुरआमाको साथमा बस्दै आएका बालकलाई वडाध्यक्ष राईले बुधबार अभिभावकत्व ग्रहण गरेका हुन् । यसअघि नै उद्घोष गरीसकेका राईले औपचारिक रुपमा अभिभावक बन्नुहुंदै वर्ष दिनलाई पुग्नेगरी स्टेशनरी सामग्री दिनुभएको लफ्याङका वडाध्यक्ष निर्मल राईले बताउनुभयो ।

छात्र विसंखेलाई वडाध्यक्ष राईले ४ हजार बराबरको लत्ताकपडा केही समयअघि दिइसक्नु भएको थियो । 

बिसंखेसँगै लफ्याङमा तीनजनाले बालबालिकाले अभिभाव पाएका छन् । जिल्ला समन्वय समिति प्रमुख ववि चाम्लिङले श्रीमावि बाँसवोटे कक्षा पाँचमा अध्ययनरत शिलिमिका राई तथा तत्कालिन प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले सोही विद्धालयमा कक्षा ८ मा अध्ययनरत छात्रा अनुशा श्रेष्ठको अभिभावकत्व ग्रहण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो