२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

सिक्टा सिँचाइको गुणस्तर छानबिन गर्न माग

२०७५, २४ श्रावण बिहीबार ०६:४२

साउन २४, बाँके | परिक्षणका क्रममा पटकपटक मुल नहर भत्किन थालेपछि सिक्टा सिंचाई आयोजनाको गुणस्तर छानविन गर्न माग गरिएको छ । परिक्षणका क्रममा दोस्रो पटक यही साउन ७ गते ढकेरी नजिकै नहर भत्किएपछि गुणस्तर छानविन गर्न माग गरिएको हो । पटक पटक नहर भत्किन थालेपछि राप्तीसोनारी गाउँपालिकाले सिक्टा सिंचाई आयोजनाको गुणस्तरमाथि प्रश्न उठाउँदै केन्द्र र प्रदेश सरकारसँग छानविन गर्न माग गरेको छ । 

परिक्षणका क्रममा पहिलो पटक २०७३ असार १४ गते सोही स्थानमा नहर भत्किएको थियो । गाउँपालिका अध्यक्ष लाहुराम थारुले राष्ट्रिय गौरवको यस आयोजनाको अवस्था नाजुक हुन पुगेको निस्कर्षसहित गाउँ कार्यपालिकाको बैंठकले नै गुणस्तर छानविन गर्नुपर्ने निर्णय गरेको जानकारी दिनुभयो । 

वडा नं.२ का वडाध्यक्ष मदन ओलीले सिक्टा सिचाई आयोजनाको गुणस्तरका कारण गाउँबस्तीमा जोखिम निम्त्याएकाले केन्द्र र प्रदेश सरकारले गुणस्तर जाँच गरी ठेकेदार कम्पनीलाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो । 

सरकारले विशेष प्राथमिकतामा राखेको आयोजनाले बाँकेको कृषि क्षेत्रलाई कायापलट गर्ने अपेक्षा राखिएको छ । तर, परिक्षणकै क्रममा पटक–पटक आयोजनाको मुल नहर भत्किन थालेपछि कामको गुणस्तरबारे चौतर्फी रुपमा प्रश्न उठिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते