२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ्गको जन्तेढुङ्गामा बैंक नहुंदा चरम समस्या

२४ श्रावण २०७५, बिहीबार ११:२०

चिसाङ शेर्पा | साउन २४, खोटाङ | बैंक नहुंदा गाउँपालिकालाई चरम समस्या भएको छ । जिल्लाको दश स्थानिय तहमा करीव बैंक स्थापना भइसके पनि जन्तेढुङ्गा गाउँपालिकामा अहिलेसम्म बैंक नहुंदा कार्य सञ्चालनमा ठूलो समस्या भएको हो ।

गाउँपालिकास्थित चिसापनीमा रहेको कृषि विकास त्यस बैंकलाई गाउँपालिकाको कारोवार गर्न राष्ट्रिय वाणिज्य बैंकले अनुमती नदिंदा सानोदेखी ठूलोसम्मको बैकिंङ कारोवार गर्न अत्यन्तै समस्या भएको जन्तेढुङ्गा गाउँपालिका प्रमुख शंकर बहादुर राईले जानकारी दिए । जन्तेढुंगा गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंकबाट ‘क’ बर्गको इजाजत मान्यता प्राप्त सनराईज बैंक आउनलाई टुंगो लागेको थियो । तर, कृषि विकास बैंकले आफै कारोवार गर्न सक्छौ भनेर फर्काइ दिएछ । गाउँपालिका प्रमुख राइले भने, “बैंकका लागि हामीले वर्षको डेढ लाखमा घरसमेत पक्कापक्की गरीसकेका थियौ । बिडम्बना बैंक आएन । भएको कृषि विकास बैंकले कारोवार गर्दैन । सम्बन्धित निकायसम्म हाम्रो आवाज पु¥याइदिनु प¥र्यो ।” 

सदरमुकाम दिक्तेलबाट भौगालिक रुपमा टाढा रहेको उक्त स्थानका गाउँपालिका र पालिकावासी दुई तीन दिन धाएर बैंकिङ कारोवार गर्दै आएका छन् । विभिन्न योजना सञ्चालनका लागि निर्माण उपभोक्ता समिति बनाउनुपर्छ । एक स्रोतले भन्यो, ‘उक्त समितिलाई हामी चेक दिन्छौ । अध्यक्ष÷कोषाध्यक्षको हस्ताक्षर गरेर एकजना खोटाङबजार बैंक जान्छन् । कदाचित सही नमिल्दा उहाँहरुको समय त्यतिकै खेर जान्छ । फेरी एकपटकमा खोटाङबजार बैंकले १ लाखभन्दा माथि पैसा दिदैंन । अनि, समिति काममा भन्दा धेरै गाउँपालिका र बैंक धाउनुपर्ने बाध्यता छ ।’ 

गाउँपालिकामा कम्तीमा एक पटकमा दश लाखको चेक भुक्तानी गर्ने तथा २६ करोडसम्मको कारोवार गर्न सक्ने बैंकको आवाश्यक रहेको गाउँपालिकाले जनाएको छ । बैंक नभएकै कारण शिक्षकहरुलाई माशिक रुपमा गाउँपालिकाले दिंदै आएको तलबसमेत शिक्षकले बेलामा पाउन सकेका छैनन् ।

हाल गाउँपालिकाले एक दिनको वाटो खोटाङबजार, अन्य जिल्ला उदयपुरको बेल्टार बजार, विराटनगर र दिक्तेलबाट बैंक कारोवार गरीरहेको छ । ताकि गाउँपालिकाबाट सदरमुकाम दिक्तेलबजार दुइ दिनको पैदल यात्रामा मात्र पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने