२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ्गको जन्तेढुङ्गामा बैंक नहुंदा चरम समस्या

२०७५, २४ श्रावण बिहीबार ११:२०

चिसाङ शेर्पा | साउन २४, खोटाङ | बैंक नहुंदा गाउँपालिकालाई चरम समस्या भएको छ । जिल्लाको दश स्थानिय तहमा करीव बैंक स्थापना भइसके पनि जन्तेढुङ्गा गाउँपालिकामा अहिलेसम्म बैंक नहुंदा कार्य सञ्चालनमा ठूलो समस्या भएको हो ।

गाउँपालिकास्थित चिसापनीमा रहेको कृषि विकास त्यस बैंकलाई गाउँपालिकाको कारोवार गर्न राष्ट्रिय वाणिज्य बैंकले अनुमती नदिंदा सानोदेखी ठूलोसम्मको बैकिंङ कारोवार गर्न अत्यन्तै समस्या भएको जन्तेढुङ्गा गाउँपालिका प्रमुख शंकर बहादुर राईले जानकारी दिए । जन्तेढुंगा गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंकबाट ‘क’ बर्गको इजाजत मान्यता प्राप्त सनराईज बैंक आउनलाई टुंगो लागेको थियो । तर, कृषि विकास बैंकले आफै कारोवार गर्न सक्छौ भनेर फर्काइ दिएछ । गाउँपालिका प्रमुख राइले भने, “बैंकका लागि हामीले वर्षको डेढ लाखमा घरसमेत पक्कापक्की गरीसकेका थियौ । बिडम्बना बैंक आएन । भएको कृषि विकास बैंकले कारोवार गर्दैन । सम्बन्धित निकायसम्म हाम्रो आवाज पु¥याइदिनु प¥र्यो ।” 

सदरमुकाम दिक्तेलबाट भौगालिक रुपमा टाढा रहेको उक्त स्थानका गाउँपालिका र पालिकावासी दुई तीन दिन धाएर बैंकिङ कारोवार गर्दै आएका छन् । विभिन्न योजना सञ्चालनका लागि निर्माण उपभोक्ता समिति बनाउनुपर्छ । एक स्रोतले भन्यो, ‘उक्त समितिलाई हामी चेक दिन्छौ । अध्यक्ष÷कोषाध्यक्षको हस्ताक्षर गरेर एकजना खोटाङबजार बैंक जान्छन् । कदाचित सही नमिल्दा उहाँहरुको समय त्यतिकै खेर जान्छ । फेरी एकपटकमा खोटाङबजार बैंकले १ लाखभन्दा माथि पैसा दिदैंन । अनि, समिति काममा भन्दा धेरै गाउँपालिका र बैंक धाउनुपर्ने बाध्यता छ ।’ 

गाउँपालिकामा कम्तीमा एक पटकमा दश लाखको चेक भुक्तानी गर्ने तथा २६ करोडसम्मको कारोवार गर्न सक्ने बैंकको आवाश्यक रहेको गाउँपालिकाले जनाएको छ । बैंक नभएकै कारण शिक्षकहरुलाई माशिक रुपमा गाउँपालिकाले दिंदै आएको तलबसमेत शिक्षकले बेलामा पाउन सकेका छैनन् ।

हाल गाउँपालिकाले एक दिनको वाटो खोटाङबजार, अन्य जिल्ला उदयपुरको बेल्टार बजार, विराटनगर र दिक्तेलबाट बैंक कारोवार गरीरहेको छ । ताकि गाउँपालिकाबाट सदरमुकाम दिक्तेलबजार दुइ दिनको पैदल यात्रामा मात्र पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित