२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

२४ औं आदिवासी जनजाति दिवस अर्घाखाँचीमा पनि सम्पन्न

२४ श्रावण २०७५, बिहीबार १६:१६

साउन २४, अर्घाखाँची | २४ औं विश्व आदिवासी दिवस अर्घाखाँचीमा पनि सम्पन्न भएको छ । यही साउन २४ गते सन्धिखर्कमा विभिन्न कार्यक्रमका बीच दिवस मनाइएको हो । 

पहिचान, प्रतिनिधित्व र स्वायत्तता स्वशासनका लागि आदिवासी जनजातिको अडान, पहिचानसहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान भन्ने मूल नारा लेखिएको ब्यानरका साथ सन्धिखर्क बजार परिक्रमा गरी यहाँस्थित एक होटलमा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका सभापति पिताम्बर शर्माले यो देश एक सिंगो शरिर र यहाँका हरेक जातजाति त्यसका अँगहरु भएका कारण कुनै अँग दूर्बल भए शरिर बलियो नरहने बताए । उनले सबै आदिवासी जनजाति एक भएर अगाडि आए राज्यले हरेक सहयोग गर्ने पनि उल्लेख गरे । 

त्यसैगरी आफ्नो सम्बोधन क्रममा बोल्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले आफ्नो पालिकाभित्र हरेक जाति समुदायका आराधनास्थल रहेको अवस्थामा नेवार समुदायको कुलदेवता भिमसेनको मन्दिर पनि बनाउन आफू तयार रहेको जनाए । त्यसैगरी नगरप्रमुख भुसालले स्थानीय सरकारले दिनसक्ने सबैप्रकारका सेवासुविधा आदिवासी जनजातिलाई प्रत्याभूत गराउन आफू प्रतिबद्ध रहेको जिकिर गरे ।

सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार बिक किशोरले पनि राज्यको प्रावधान र नीतिनियम भित्र रहेका हरेक सेवा आदिवासी समुदायलाई प्रदान गर्ने काममा आफू लागिरहेको बताए ।

कार्यक्रममा पत्रकार सहयोगी बिसी, नेपाल मगर संघका जिल्ला सल्लाहकार खिम घर्तिमगर, नेवा देय दबुका जिल्ला अध्यक्ष राजेन्द्र श्रेष्ठ, कुमाल समाज सुधार समितिका जिल्ला उपाध्यक्ष बीरबहादुर मुखिया, तमू धिँ जोका जिल्ला अध्यक्ष गिरमान गुरुङ, नेपाल मगर संघ अर्घाखाँचीका सहसचिव दिनेश घर्तिमगर, सन्धिखर्क वडा नम्बर १ र २ का सदस्यद्वय सुमित्रा मुखिया र सुष्मा श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए । 

जिल्ला समन्वय समितिका सभापति पिताम्बर शर्माको प्रमुख आतिथ्यता, सन्धिखर्क नगरप्रमुख कमलप्रसाद भुसाल, उपप्रमुख ठाकुरकुमार बिक किशोरको विशिष्ट आतिथ्यता, विशेष नापी शाखाका प्रमुख खिम रानामगर, सिटीजन लाइफ इन्स्योरेन्सका प्रतिनिधि लक्ष्मण मरासिनी लगायतका कार्यालयप्रमुखहरुको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको स्वागत मन्तव्य आदिवासी जनजाति महासंघ अर्घाखाँचीका सदस्य सीता श्रेष्ठको रहेको थियो भने सचिव नेत्र थापामगरले सञ्चालन गरेका थिए । कार्यक्रमको अध्यक्षता आदिवासी जनजाति महासंघ अर्घाखाँचीका अध्यक्ष अशोककुमार श्रेष्ठको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान