२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्बतमा निर्माण व्यावसायीद्वारा २ पत्रकारमाथि आक्रमण

२५ श्रावण २०७५, शुक्रबार ०४:५४

साउन २५, पर्वत । नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी र महासंघका पूर्व अध्यक्ष एवं रेडियो शालिग्राम पर्वतका स्टेशन म्यानेजर ओमप्रसाद घायलमाथि आक्रमण भएको छ ।

निर्माण व्यवसायी पुस्कल शर्मा विचको आपसी विवाद ताना तान र लाछार पछारमा परिणत भएको हो । हिजो साँझ रिठेखोलामा भएको आपसी विवाद आक्रमणमा परिणत भएको हो ।

एकाएक गालीगलौजमा उत्रिएका शर्माले पछि कुटपिट गरेको पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले बताउनुभयो । कुटपिटवाट पत्रकार घायलको लगाएको कमिज च्यातिएको छ भने शरिरका विभिन्न ठाउँमा मुक्का प्रहार हुँदा घाईते भएको जानकारी दिनुभयो । झगडा हुनुको कुनै कारण नभएपनि शर्मा आक्रमणमा उत्रिएको घायलले बताउनुभयो ।

घटनाको नेपाल प्रेस युनियन केन्द्रिय समितिले हिजो राती नै विज्ञप्ती निकाली भत्सर्ना गरेको छ । प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले एक विज्ञप्ती निकाली दोषीलाई कार्वाही गर्न स्थानिय प्रसासनसँग माग गर्नुभएको छ । पत्रकार घायलले आफुमाथी भएको आक्रमणको आज कानुनी उपचार खोज्ने बताउनुभएको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीले एक विज्ञप्ती निकाली दोषीलाई कार्वाही गर्न स्थानिय प्रसासनसँग माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट