साउन २५, पर्वत । नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी र महासंघका पूर्व अध्यक्ष एवं रेडियो शालिग्राम पर्वतका स्टेशन म्यानेजर ओमप्रसाद घायलमाथि आक्रमण भएको छ ।

निर्माण व्यवसायी पुस्कल शर्मा विचको आपसी विवाद ताना तान र लाछार पछारमा परिणत भएको हो । हिजो साँझ रिठेखोलामा भएको आपसी विवाद आक्रमणमा परिणत भएको हो ।

एकाएक गालीगलौजमा उत्रिएका शर्माले पछि कुटपिट गरेको पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले बताउनुभयो । कुटपिटवाट पत्रकार घायलको लगाएको कमिज च्यातिएको छ भने शरिरका विभिन्न ठाउँमा मुक्का प्रहार हुँदा घाईते भएको जानकारी दिनुभयो । झगडा हुनुको कुनै कारण नभएपनि शर्मा आक्रमणमा उत्रिएको घायलले बताउनुभयो ।

घटनाको नेपाल प्रेस युनियन केन्द्रिय समितिले हिजो राती नै विज्ञप्ती निकाली भत्सर्ना गरेको छ । प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले एक विज्ञप्ती निकाली दोषीलाई कार्वाही गर्न स्थानिय प्रसासनसँग माग गर्नुभएको छ । पत्रकार घायलले आफुमाथी भएको आक्रमणको आज कानुनी उपचार खोज्ने बताउनुभएको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीले एक विज्ञप्ती निकाली दोषीलाई कार्वाही गर्न स्थानिय प्रसासनसँग माग गरेका छन्।

पर्बतमा निर्माण व्यावसायीद्वारा २ पत्रकारमाथि आक्रमण