२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

रूपनी गाउँपालिकाको खानेपानी योजना अधुरै

२०७५, २५ श्रावण शुक्रबार ०६:००

साउन २५, राजविराज | सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारको खानेपानी योजना पुरा हुन सकेको छैन । 

जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सप्तरीले रु छ करोड खर्च गरेपनि सो योजनाको काम अधुरै रहेको स्थानीयवासी बृजमान तामाङले बताउनभयो । उपभोक्ता समिति र कर्मचारीको मिलोमतोमा बजेट दुरुपयोग गरी खानेपानी योजनाको काम अधुरै छाड्दा स्थानीयवासी शुद्ध पानी पिउनबाट वञ्चित हुनुपरेको उहाँले बताउनुभयो । 

उपभोक्ता समिति र कर्मचारीको लापर्बाहीका कारण गुणस्तरीय काम नभएको स्थानीयवासीको आरोप छ । प्लाष्टिक पाइप बेलाबेलामा फुट्ने गरेको छ । पानी नछानिकनै धारामा वितरण गर्ने गरिएको छ । स्थानीयवासी दूषित पानी खान बाध्य छन् । उपभोक्ताले रु एक हजार ५०० धरौटी तिरेर धारा जडान गरेका हुन् । उनीहरुले मासिक रु २०० शुल्क उपभोक्ता समितिलाई बुझाउँदै आएका छन् । उपभोक्ता समितिका कोषाध्यक्ष लालबहादुर तामाङले सो योजनाको आयव्यवबारे आफूलाई जानकारी नभएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते