२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

सत्खलुवा तालमा पर्यटक वृद्धि

२०७५, २५ श्रावण शुक्रबार १०:०६

मेनका चौधरी | साउन २५, बर्दिया | माछापालन र सिँचाइका लागि उपयोगमा ल्याइएको बर्दियाको सत्खुलवा ताल अहिले पर्यटकको आकर्षक गन्तव्य बनेको छ । 

चार वर्ष अघि माछाको ठेक्का रद्द गराई संरक्षण गर्न शुरु गरिएको उक्त तालमा अहिले डुंगामा सयर गर्न पर्यटकको ओइरो लाग्ने गरेको हो । तालमा संसारबाटै लोप हुन लागेको रातो कमलको फूलसमेत पाइन्छ । 

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको वारबर्दिया नगरपालिका– ९ खैरनी गाउँमा रहेको उक्त तालमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो । डुंगामा सयर गर्दै तालमा पानी खान आउने जंगली जनावर अवलोकन गर्न पाउनु यस तालको मुख्य विशेषता हो । निकुञ्जभित्रका चुरे पहाडका सात वटा खोलाको पानी जम्मा भएर बनेको उक्त ताललाई सत्खुलवा ताल भनिएको हो । 

जैविक विविधताको दृष्टिले महत्वपूर्ण स्थान ओगटेको तालको वारपार विश्वकै दुर्लभ पाटेबाघ, चितुवा, चित्तल, सालक, अजिङ्गरलगायत जंगली जनावरको बसोबास छ । हिउँदको समयमा र चैत, वैशाखको खडेरीमा जंगली जनावरको तिर्खा मेट्न तालले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । ताल संरक्षण समितिले विसं २०७२ देखि तालमा सयर गर्नाका लागि डुंगाको व्यवस्था गरेको छ । डुंगाको प्रयोग हुनथालेपछि अहिलेसम्म करीब १० हजार पर्यटकले डुंगाको प्रयोग गरिसकेका छन् । ताल हेर्न रु १० र डुंगा चढ्न रु २५ तिर्नुपर्छ । 

ताल संरक्षण समितिका सचिव राजकुमार थारुले पर्यटकबाट उठेको रकम तालकै विकासका लागि खर्च गर्ने गरेको बताउनुभयो । भर्खर संरक्षणको शुरुआत गरिएको सो तालमा रैथाने चराका साथै आगन्तुक चराको संख्या बढ्दै गएको संरक्षणकर्मी सुनील चापागाईंले जानकारी दिनुभयो । 

ताल जैविक विविधताका हिसाबले महत्पूर्ण रहेको र मध्यवर्ती सामुदायिक वन भए पनि निकुञ्जका जंगली जनावरको बासस्थानका साथै उनीहरुले पानी खाने स्थान भएकाले यसमा रैथाने र आगन्तुक चराको संख्या बढ्दै गएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताउनुभयो । 

राजमार्गको नजिकै भएका कारण निकुञ्ज घुम्न आउने पर्यटक यस तालमा घुम्न जाने गर्दछन् । शान्त वातावरण र मनोरम दृश्यका साथै गर्मीयाममा पानी खान आउने जनावर सजिलै हेर्न पाउने हुँदा यो तालप्रति सबैको आकर्षण बढ्न थालेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते