२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

तिलोत्तमा नगरपालिकामा वृक्षरोपण अभियान शुरु

२०७५, २७ श्रावण आईतवार ०२:२६

साउन २७, बुटवल (रासस) | रुपन्देहीको तिलोत्तमा नगरपालिकामा वृक्षरोपण सप्ताह शुरु भएको छ । ‘ग्रिन तिलोत्तमा ः क्लिन तिलोत्तमा’ नाराका साथ नगरपालिकाले भदौ १ गतेसम्म चल्ने गरी हरियाली प्रवद्र्धन गर्न वृक्षरोपण सप्ताह आयोजना गरेको हो । 

तिलोत्तमा–४ स्थित प्रस्तावित बालउद्यान क्षेत्रमा शनिबार आयोजित एक कार्यक्रमबीच बिरुवा रोपी नगरप्रमुख बासुदेव घिमिरेले सो वृक्षरोपण सप्ताह शुभारम्भ गर्नुभयो । 

सप्ताहअन्तर्गत नगरमा विभिन्न प्रजातिका फलफूल तथा वनस्पतिका ५० हजार बिरुवा रोपिने नगरप्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो । विभिन्न सङ्घ–संस्था, क्लब, टोल विकास संस्थालगायत समग्र नगरवासीसँगको सहकार्यमा वृक्षरोपण हुने नगरपालिकाले जनाएको छ । जिल्ला वन कार्यालय तथा सामुदायिक वनमार्फत प्राप्त वनस्पतिका ३० हजार तथा नगरपालिकाले खरिद गरेका फलफूलका २० हजार बिरुवा रोपिने कार्यक्रम रहेको नगरप्रमुख घिमिरेले बताउनुभयो । 

नगर उपप्रमुख जागेश्वरी चौधरीले वडा कार्यालयमा सम्पर्क राखी आ–आफ्नो घर–आँगन, खाली जमीन तथा उपयुक्त स्थानमा विभिन्न प्रजातिका फलफूल तथा वनस्पतिका बिरुवा रोप्न नगरवासीलाई आह्वान गर्नुभयो । 

वृक्षरोपण सप्ताहका संयोजक दानबहादुर चौधरीले रोपिएका बिरुवालाई हुर्काइ त्यसबाट लाभ लिन सबैलाई आग्रह गर्नुभयो । सप्ताहअन्र्तगत आँप, अम्बा, अनार, कागती, लिची, कटहर, अमला, जामुन, सुपारी, टिक, बकाइनो, खयरलगायत विभिन्न प्रजातिका बिरुवा रोपिनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते