२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

ललितपुरमा अपराधका घटना बढ्दै

२७ श्रावण २०७५, आईतवार १०:२५

साउन २७, ललितपुर | ललितपुरमा यो वर्ष अपराधलगायतका घटना केही बढेको पाइएको छ । महानगरीय प्रहरी परिसर ललितपुरमा गत वर्षभर दर्ता भएका मुद्दाका आधारमा यस वर्ष केही बढेको देखिएको हो । 

दुई वर्ष पहिले भन्दा गत वर्ष ८७ मुद्दा बढी दर्ता भएको परिसरले जनाएको छ । आव २०७३÷७४ मा ८५८ मुद्धा दर्ता भएकोमा ०७४÷७५ मा बढेर ९४५ पुग्यो । ठूलो मात्रामा नबढे पनि गत वर्षको मुद्दा सङ्ख्या अघिल्लो वर्षको भन्दा केही मात्रामा बढी रहेको परिसरका प्रवक्ता नरेन्द्र चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा गत वर्ष नै सबैभन्दा बढी घटना भएको देखिन्छ ।” 

परिसरमा दर्ता भएका ९४५ घटनामा आरोपित प्रतिवादीहरु एक हजार १६५ पक्राउ परे । तीमध्ये पुरुष एक हजार १२२ र महिलाको सङ्ख्या ४३ छ । दर्ता मुद्दा र पक्राउ भएका प्रतिवादीमा सबैभन्दा बढी केही सार्वजनिक अपराध शीर्षकमा छन् । यो शीर्षकमा ४४६ मुद्दामा ६८२ जना पक्राउ परेका थिए । जिल्लाभरमा ९३ आत्महत्याका घटना भए । प्रवक्ता चन्दले भन्नुभयो, “आत्महत्याका घटना अघिल्ला वर्षहरुमा भन्दा बढी भएको पाइन्छ ।” प्रहरीले वर्षभरमा बन्दुक दुई, पेस्तोल छ थान र ७१ गोली बरामद गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण