२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा मालपोतको सेवा अनलाइनमार्फत सुरु

२७ श्रावण २०७५, आईतवार ११:५७

साउन २७, नुवाकोट | जिल्ला मालपोत कार्यालयले आजदेखि अनलाइनमार्फत सेवा दिन शुरु गरेको छ । 

कार्यालयबाट हुने गरेका सबै किसिमको कामलाई छिटोछरितो र सहज रुपमा सञ्चालन गर्न अनलाइन सेवा थालिएको हो । सेवा आरम्भ गर्दै भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक मुक्ति आचार्यले अनलाइनमार्फत सेवा प्रवाह गर्दा छिटोछरितोका साथै दोहोरो नपर्ने, जग्गा किनबेचको करमा एक रुपता हुने तथा कारोबारको सबै तथ्यांक प्रभावकारी हुने बताउनुभयो । 

जग्गाधनीले कुन जग्गा बेच्ने भनेर अनलाइनमै घरबाट फारम भर्न सक्ने भएकाले सेवाग्राहीलाई सहज हुने महानिर्देशक आचार्यले बताउनुभयो । उहाँले जग्गा बिचौलियाको कारण हुने विभिन्न समस्या अर्कैको जग्गा विक्री गरिदिने भनेर अर्को स्थानको जग्गा बेच्ने जस्ता काम गर्न नसकिने भएकाले सेवाग्राहीलाई अनलाइन सेवाले ठगिनबाट पनि बचाउने बताउनुभयो । 

जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले नयाँ प्रविधिलाई कार्यालयले भित्र्याएर राम्रो कामको शुरुवात गरेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी उद्धबहादुर थापाले मालपोत कार्यालयमा बिचौलियको चलखेल हुने गरेको गुनासो आउने गरेकामा अब अनलाइन सेवाले त्यस्तो हुन नदिने विश्वास व्यक्त गर्नुभयो । मालपोत कार्यालयका प्रमुख बुद्धिलाल श्रेष्ठले प्रविधिमार्फत सेवा उपलब्ध गराउँदै लैजाने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य