२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा बृहत तीज महोत्सव हुने

२७ श्रावण २०७५, आईतवार १७:०७

चिसाङ शेर्पा | साउन २७, खोटाङ | खोटाङमा बृहत तीज महोत्सव हुने भएको छ । बिगतदेखी निकै प्रचलनमा रहेको तीज पर्वलाई निरन्तरता तथा लोक संस्कारहरुको संरक्षण, संर्बद्धन गर्ने उद्देश्यले विविध कार्यक्रम सहित तीज महोत्सव हुन लागेको हो ।

बहुआयमिक संरक्षण समाज दिक्तेलले गत बर्षदेखी गर्दै आएको तीज महोत्सव अन्तरगत यसवर्ष पनि आगामी भदौ २५ गतेदेखी हरितालिका तीजको दिन २७ गतेसम्म नेपाली महिलाहरुको महान चाड हरीतालिका तीज महोत्सव गरिने भएको आइतबार दिक्तेलस्थित सगरमाथा होटलमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको थियो । 

जिल्लाभरीका महिलाहरुलाई समाबेश गराउने उद्देश्यले भदौ २५ गतेबाट सुरुवात हुने तिज महोत्सवमा समुदायमा प्रचलित संस्कार र संस्कृतिक भाव झल्कने लोक दोहोरी प्रतियोगिता, संगिनि नाच, मारुनि नाच, पञ्चैबाजा कुसुले नाँच र धुपिधुपि नाच प्रर्दशनी हुने भएको छ । 


‘खोटाङ जिल्ला दिक्तेल बजार संस्कृतिलाई जोगाउ हजुर’ बोलमा लोकदोहोरी प्रतियोगिता  हुनेछ । लोकदोहोरी प्रतियोगितमा प्रथम हुने समुहले १० हजार, दोश्रोले ६ हजार र तेश्रो हुने समुहले ३ हजार रुपैयाँ तथा संगिनि नाच, मारुनि नाच प्रर्दशनीमा सहभागीहरुलाई भने प्रोत्साहन स्वरुप आर्थिक सहयोग गरिने बहुआयमिक संरक्षण समाजका अध्यक्ष अनिल आचार्यले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा