२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

राप्तीपारिका विकट गाउँको पीडा

२०७५, २८ श्रावण सोमबार ०१:५९

साउन २८, बाँके (रासस) | बाँकेको ‘कर्णाली’ भनेर चिनिने राप्तीपारिको नरैनापुर गाउँपालिका विकास निर्माणमा ज्यादै पछि परेको छ । 

गाउँपालिकामा विकासको पहुँच नभएकै कारण स्थानीय बासिन्दा नेपालसँग भन्दा भारतीय बजारमै बढी आश्रीत छन् । 

नरैनापुरका सीमावर्ती गाउँमा रोटीबेटीको सम्बन्ध पनि भारतसँगै जोडिएको छ । त्यसो त उनीहरु रुपैयाँ पनि बढी भारतीय नै प्रयोग गर्छन् । सीमावर्ती गाउँका अधिकांश नागरिकको कारोवार भारतीय बजारमै निर्भर छ । 

नेपालतिर सडकको राम्रो पहुँच नहुँदा यहाँका नागरिकको सम्बन्ध छिमेकी देशको सीमा बजारतिर नै जोडिएको हो । 

नागरिकता, लालपूर्जा र मत हाल्ने समयमा मात्रै नेपाली क्षेत्रसँग सम्बन्ध राख्छन् । सम्पर्क भाषा हिन्दी बोल्ने यहाँका स्थानीय भारतीय मुद्रामै कारोवार गर्छन् । मुस्लिम र मधेशी समुदायको बाहुल्यता रहेको त्यस क्षेत्रका नागरिक प्रायः नागरिकता र राहदानी लिनका लागि मात्रै सदरमुकाम नेपालगञ्ज पुग्छन् । 

यहाँका अधिकांश नेपालीको रोजगारी भारतमा नै छ । खाद्यान्नलगायतका बस्तु किन्न भारत जानुपर्ने बाध्यता भएकाले नेपाली रुपैयाँ नचल्नुको अर्को कारण हो । सियो, सलाइदेखि खाद्यान्न र स्वास्थ्योपचार गर्न भारतीय बजार नै पुग्नुपर्ने बाध्यता छ । “नेपाली रुपैयाँ चल्दैन, भारु चल्छ, हामीलाई भारु नै चाहिन्छ” कालाफाँटाका स्थानीय सुकदेव यादवले भन्नुभयो । 

राप्तीपारिका गाउँलाई सदरमुकाम नेपालगञ्जसँग जोड्ने हुलाकी सडक अलपत्र भएकाले त्यसको पीडा उनीहरुले बोकीरहेका छन् । बाटोघाटो अभावमा पनि उनीहरुलाई भारतीय बजारमै निर्भर हुनुपर्छ । “सडक, स्वास्थ्य र सञ्चारको राम्रो सुविधा नेपालको भन्दा उतैको छ” यादव भन्नुहुन्छ, “गाउँमा कोही बिरामी पर्दा हाम्रो सदरमुकामबाट एम्बुलेन्स आउनै सक्दैन, आए पनि खराब बाटोका कारण तीन/चार घण्टा लागिहाल्छ । अनि हामीलाई भारतकै अस्पतालमा सस्तो र सहज हुन्छ ।” 

लक्ष्मणपुरका स्थानीय झग्रु यादव भन्नुहुन्छ, “अहिले पनि नेपाली रुपैयाँ चलनचल्तीमा निकै कम छ । मालपोत, नापी, नागरिकतालगायतका काम परेमात्रै नेपाली पैसा बोकेर सदरमुकाम जानुपर्छ ।” 

जिल्लाकै विकट मानिने उक्त क्षेत्र नेपाली भूमि भए पनि नेरु निकै कम चल्ने गरेको छ । नेपाली रुपैयाँ कम मूल्यमा मूल्याङ्कन गरी कारोवार गर्दा स्थानीयले कुनै अनौठो मान्दैनन् । पुर्खौंदेखि नेरुलाई कम मानेर कारोवार हुँदै आएको मटेहियाका चिन्कु यादवको भनाइ छ । नेपालमै नेपाली रुपैयाँ नचल्दा बाहिरबाट यहाँ पुग्ने जो कोही व्यक्ति आश्चर्यमा पर्छन् । 

विकट मानिने गङ्गापुर, मटेहिया, कालाफाँटा, लक्ष्मणपुर, कटकुइँयालगायतका सीमावर्ती गाउँमा पैसामात्रै होइन भाषा र सवारीसाधनसमेत भारतीय नै देखिन्छन् । भौगोलिक विकटताले नेपालसँगको सीधा सम्पर्कमा नरहेका राप्तीपारिका सीमावर्ती गाउँका नागरिकलाई भारतीय बजारमै जानु पर्ने बाध्यता रहँदै आएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला