२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

औद्योगिक क्षेत्र जलमग्न

२८ श्रावण २०७५, सोमबार ०५:३०

साउन २८, राजविराज | लगातार दुई दिनदेखि परेको अविरल वर्षाका कारण सप्तरीको रुपनी गाउँपालिका–५ बसबिट्टीमा रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र अहिले जलमग्न भएको छ । 

पानीको निकास हुन नसकेका कारण औद्योगिक क्षेत्र जलमग्न हुँदा त्यहाँ रहेका उद्योगमा समेत पानी पस्दा लाखौँको क्षति भएको स्थानीय श्याम यादवले जानकारी दिनुभयो । उद्योगमा पानी पस्दा पाइप बनाउनमा प्रयोग हुने केमिकललगायत कच्चा पदार्थमा समेत क्षति भएको छ । 

भारत सरकारको सहयोगमा २२ बिगाहा क्षेत्रफलमा निर्मित उक्त औद्योगिक क्षेत्रमा पानीको निकास हुन नसक्दा जलमग्न भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । 

एक वर्ष अगाडि आएको बाढीले औद्योगिक क्षेत्रको पर्खाल भत्किएको भए पनि सरकारको ध्यान नपुगेकाले सानो पानी परेको बेला पनि यहाँ जलमग्न हुने गरेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र उद्योग सङ्घका महासचिव रामकुमार दासले बताउनुभयो । 

औद्योगिक क्षेत्रमा व्यापक समस्या रहेको भन्दै हाल जलमग्न भएकोप्रति चिन्ता व्यक्त गर्दै अविलम्ब समस्या समाधान गर्न गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र उद्योग सङ्घका अध्यक्ष जीवछ यादवले सरकारसँग अपिल गर्नुभएको छ । 

हाल उक्त औद्योगिक क्षेत्रमा मिलन डेरी उद्योग, महालक्ष्मी पेट इन्डष्ट्रिज र कृष्णा खाद्य उद्योग गरी तीन वटा उद्योग सञ्चालनमा छन् भने महालक्ष्मी खाद्य उद्योग, एसएण्डको इलेक्ट्रोड्स, पदमज्योति प्लाष्टिक उद्योग र अल नेप्लीज टि एण्ड कफी उद्योग बन्द छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य