२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

निर्माणमा ढिलाई गर्ने कम्पनीलाई कारवाही

२८ श्रावण २०७५, सोमबार ०६:५७

साउन २८, विराटनगर | सडक तथा पुल निर्माणमा ढिलाई गर्ने देशभरका डेढसय भन्दा बढी निर्माण कम्पनी कारबाहीमा परेका छन् । 

ती निर्माण कम्पनीलाई कारबाही गरिनुकासाथै आगामी भदौ १२ गतेसम्म काठमाडौं उपत्यका भित्रका सडक निर्माण सक्न अन्य निर्माण कम्पनीहरुलाई निर्देशन दिइसकिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विराटनगरमा आज सञ्चारकर्मीहरुसंगको कुराकानीमा जानकारी दिनुभयो । 

सडक निर्माणका क्रममा ठेकेदार कम्पनीहरुले गर्ने ढिलाई अब अन्त्य हुने वताउदैे उहाँले केही निर्माण कम्पनीलाई अन्तिम चेतावनी दिइएको र अन्तिम पटक समय उपलब्ध गराउँदा पनि निर्माण हुन नसके जरिवानासहित ठेक्का पनि रद्ध गर्छौं भन्नुभयो । 

यातायात क्षेत्रको एकाधिकार अन्त्य गर्ने र ठेकेदार कम्पनीलाई कारबाही गर्ने विषयमा गृहमन्त्रीसँग आफ्नो कुनै मनमुटाव नभएको प्रष्ट पार्दै मन्त्री महासेठले स्थानीय क्षेत्रमा निर्माण भइरहेका बाहेकका सडकलाई सुधार गरिने बताउनुभयो । उहाँले सर्वोच्च अदालतको आदेशका कारण सडक निर्माण कार्यमा केही ढिलाइ भएको प्रष्ट पार्नुभयो । 

प्रदेश सरकारले दिएको सार्वजनिक बिदा संघीय सरकार अन्तर्गतका कार्यालयले नमानेको सन्दर्भमा मन्त्री महासेठले समन्वयको अभावमा त्यो कार्यान्वयन हुन नसकेको जानकारी दिँदै सार्वजनिक बिदा धेरै भइ सबैतिरवाट विरोध भएकाले संघीय सरकारले बिदा कटौती गरेको बताउनुभयो । यस विषयमा प्रदेश सरकारले एकरूपता ल्याउन संघीय सरकारसँग समन्वय गर्दा राम्रो हुने तर संघीय सरकारले प्रदेशलाई कमजोर पार्नेगरी गरी कुनै पनि निर्णय नगरेको उहाँले चर्चा गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने