२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

फोहरबाट १७ लाख आम्दानी

२८ श्रावण २०७५, सोमबार ०७:५०

साउन २८, म्याग्दी | बेनी नगरपालिकाले फोहर शुल्कबाट गत आवमा रु १७ लाख आम्दानी गरेको छ । 

जिल्ला सदरमुकाम बेनी र गलेश्वर बजारको फोहर व्यवस्थापन शुल्कबापत नगरपालिकाले गत आर्थिक वर्ष २०७४÷७५ मा रु १७ लाख ५० हजार ५५५ आम्दानी गरेको हो । बेनीबजारमा एक कम्प्याक्टर (फोहोर सङ्कलन गर्ने सवारी साधन) र एक ट्र्याक्टरबाट दैनिक फोहर सङ्कलन गरिन्छ । 

एउटा घरबाट रु ५० देखि ३०० शुल्क लिने गरिएको नगरपालिकाका सूचना अधिकारी बिमल रञ्जन कार्कीले बताउनुभयो । शुल्कबापत सङ्कलन हुने रकम फोहर व्यवस्थापनमा प्रयोग हुने सवारी साधनको इन्धन, मर्मत र कर्मचारीको तलबभत्तामा खर्च हुने गरेको छ । बेनीमा दैनिक तीन ट्र्याक्टरका दरले सङ्कलन हुने फोहर बेनपा–८ र ९ को सिमाना रातो पहिरोमा व्यवस्थापन गरिँदै आएको छ । 

बेनी र गलेश्वरमा रहेका हजारभन्दा बढी घरबाट सङ्कलन हुने फोहर नगरपालिकाले व्यवस्थापन गर्दै आएको छ । 

वातावरण प्रदूषण न्यूनीकरणसँगै आम्दानीको स्रोत वृद्धि गर्ने उद्देश्यले बेनी नगरपालिकाको रातो पहिरोमा फोहर व्यवस्थापन केन्द्र निर्माण शुरु गरिएको छ । त्यसको लागि रु ६७ लाख लागत अनुमान गरिएको छ । फोहर व्यवस्थापन केन्द्रका लागि जग्गा सम्याउने, कालीगण्डकी किनारमा ग्याबियन पर्खाल लगाउने र भवन बनाउने कामका लागि सोमरस निर्माण सेवाले रु ४७ लाखमा ठेक्का सम्झौता गरेको छ । आगामी असोज महिनासम्म फोहर व्यवस्थापन केन्द्रको संरचना तयार पार्ने लक्ष्यसहित निर्माण कार्य तीव्र्र बनाइएको निर्माण व्यवसायी प्रवीन सापकोटाले बताउनुभयो । रातोपहिरोस्थित कालीगण्डकी नदीको किनारभन्दा माथि र बेनी–गलेश्वर सडकभन्दा तल पर्ने सार्वजनिक जग्गा सम्याएर भवन बनाई व्यवस्थापन केन्द्र बनाउन लागिएको नगरपालिकाले जनाएको छ । 

कालीगण्डकी र सडकमा आवतजावत गर्नेलाई असर नपर्ने तथा दुर्गन्ध नआउने गरी फोहर व्यवस्थापन गर्न लागिएको नगर प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै स्थानमा भण्डारण गर्ने नगरपालिकाको योजना छ । कुहिने फोहोरलाई दुर्गन्ध आउन नदिने प्रविधिको प्रयोग गरी मल बनाएर बिक्री गरी आम्दानी गर्ने योजना छ । 

हाल सोही स्थानमा खुल्ला रुपमा फोहर फालिँदै आएको छ । अव्यवस्थित रुपमा फोहर फालिँदा नदी र वरपरका क्षेत्रमा दुर्गन्धले असर गरेको छ । स्थायी फोहर व्यवस्थापन गर्ने ठाउँ पहिचान नहुँदासम्म पुरानै ठाउँलाई व्यवस्थित गर्न लागिएको बेनीनगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की