२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

महाकाली नगरपालिकाको तीन वडा डुबानमा

२०७५, २८ श्रावण सोमबार ११:०८

साउन २८, भीमदत्तनगर | दुई दिनदेखिको लगातारको वर्षाका कारण कञ्चनपुरको महाकाली नगरपालिकाका तीन वटा वडामा डुबानको समस्या हुँदा स्थानीयवासी प्रभावित बनेका छन् । 

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रमुख प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले वर्षाका कारण महाकाली नगरपालिका– ८, ९ र १० का केही घर डुबानमा परेको जानकारी दिनुभयो । “केही परिवार मात्रै घर छाड्नु्पर्ने अवस्थामा रहे पनि धेरै परिवारको सामान हिजो(आइताबार) नै सारिएको छ”, प्रहरी निरीक्षक चन्दले भन्नुभयो, “बस्तीमा सर्तकता अपनाउन आग्रह गरिएको छ ।” 

त्यसैगरी महाकाली नदीबाट पारि चादँनीतर्फ बैलबन्द सामुदायिक वन क्षेत्रको तटबन्ध भासिएको छ । बाढीका कारण तटबन्धका ११ जाली बगेको र तटबन्ध भासिएको चन्दले जानकारी दिनुभयो । “अहिले तटबन्धको जाली भरान गर्ने तयारी हँुदैछ”, चन्दले भन्नुभयो, “पहाडी जिल्लामा वर्षा भइरहेकाले डुबानको जोखिम यथावत् छ ।” महाकाली नगरपालिकाको जोगबुढा नदीमा पनि पानीको बहाव बढेको उहाँले जानकारी दिनुभयो । डुबानस्थलतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । 

आइतबार बिहानदेखि महाकाली नदीमा पानीको बहाव बढ्दा पश्चिमी नाका गड्डाचौकी भएर नेपाल–भारत ओहोरदोहारमा समस्या भएको छ । भारतीय पक्षले महाकाली नदीमा पानीको बहाव बढेसँगै शारदा ब्यारेज(बनबासा ) पुलमा चारपाङ्ग्रे सवारीसाधनको आवागमन बन्द गरेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । सोमबार बिहान १० बजे गरिएको मापनअनुसार महाकालीमा पानीको बहाव एक लाख १५ हजार क्युसेक पुगेको छ । 

पुलमा पैदल र मोटरसाइकल चल्न दिइए पनि ठूला सवारीसाधनमा रोक लगाइएको छ । 

त्यसैगरी लगातारको वर्षाका कारण यहाँका स्याली, सुनवरा, चौधर, मछेली, दोदालगायत नदीमा पनि पानीको बहाव बढेको छ । भीमदत्तनगरपालिका क्षेत्रमा ढलको व्यवस्थापन प्रभावकारी नहुँदा बजार क्षेत्रमा पनि जलस्तर बढेको छ । आइतबार स्याली नदीले बगाउँदा शुक्लाफाँटा नगरपालिकामा एक महिलाको मृत्युसमेत भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी