२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मोदी गाउँपालिकामा पुलिस चौकीकै आडैबाट अबैधरुपमा मोदी नदिको दोहन

२०७५, २९ श्रावण मंगलवार ०२:२२

पर्वत /कालीगण्डकी नदिमा अबैध रुपमा दोहन हुने कुरा त नौलो रहेन तर पछिल्लो समय पर्वतको मोदिखोलाबाट पनि अबैध रुपमा ढुंगा, गिटी, बालुवा दोहन हुन थालेको छ ।
पर्वतको मोदी गाउँपालिका वडा नं. ६ स्थित डिमुवा बजार नजिकैदखि मोदिखोलाबाट अबैध रुपमा जथाभावि गिट्टि वालुवा निकाल्ने गरिएका कारण नदि आसपासका स्थानीय त्रसित बनेका छन् ।

मध्यराति नदिबाट जथाभावि गिट्टी बालुवा निकालेर लैजाने गरेका कारण मोदिगाउँ पालिका वडा नबर ६ तिलाहर डिमुबाको पुरै बस्तीनै जोखिममा परेको छ । नदिबाट जथाभावि बालुवा निकाल्दा बर्षातको समयमा जुनसुकै बेला नदि किनारमा रहेको बस्तीमा पस्न सक्ने खतरा बढेको छ । मोदि गाउँ पालिकाको ६ नबर वडा मा पर्ने बागलुङ पोखरा राजमार्ग सङ्गैको तल्लो डिमुवा बजार खतरामा परेको हो । सो क्षेत्रमा रहेको डिमुवा चौकी भन्दा १०० मिटर को दुरिमा रहेको मोदिखोलाबाट राति डोजर लोडर प्रयोग गरि निकाल्ने गरिएको छ ।

रातारात वालुवा चोरी निकासि हुँदा सम्म स्थानिय प्रशासन भने मौन बसेको स्थानिय बताउछन् । नदिहरुमा बालुवा निकालिएका ठुला खाल्डाहरु पन िदेख्न सकिन्छ । यहि खोलबाट सन्चालित तीन वटा जलबिद्युत आयोजना सन्चालित छन् । तल्लो मोदीखोला १ जलबिद्युत आयोजना, देउपुर गाविसमा रहेको मोदीखोला जलबिद्युत आयोजना र देउराली गाबिसमा रहेको पातीखोला जलबिद्युत आयोजना सञ्चालित छन् । बर्षातको बेला यीनै आयोजना समेत प्रभावित हुनेगरेकोमा पछिल्लो पटक बिभिन्न स्थानबाट जथाभावी बालुवा निकाल्ने कार्य तिब बन्दा झन् ठुलो जोखिम बढेको हो ।

यसरी डोजर र लोडरको प्रयोगबाट नदि नै छेक्ने गरी गिटि बालुवा निकाल्ने कार्य जारी राखिए नदि नै बस्तीमा पस्न सक्ने स्थानिय बताउँछन् । मोदी खोलाका कारण सो क्षेत्रका ९५ घर सहित प्रहरी चौकी समेत जोखिममा छ । पछिल्लो पटक शुक्रबार राति मात्रै पनि सो क्षेत्रबाट बालुवा निकालिएको स्थानीय बताउछन् । खोलाबाट यसरी वालुवा निकाल्ने कार्य बन्द गराउन आग्रह गर्दै गाउँ पालिकामा निवेदन दिने तयारी गरेको पनि बताईएको छ ।

यसैबीच डिमुवा बजार टोल विकास समितिले गाउँपालिकालाई निवेदन दिँदै बजारको सुरक्षाका लागि अबैध दोहन रोक्न माग गरेको छ । समितिका अध्यक्ष दिपेन्द्रजंग लामिछाने र स्थानीयवासी समेतले बजारको सुरक्षाका लागि पहल गरिदिन माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन