२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

ललितपुरमा दुई हजार ३०० जातका धान

२०७५, २९ श्रावण मंगलवार १२:०७

सञ्चिता घिमिरे | साउन २९, ललितपुर | नेपालमा धानका स्थानीय जात झण्डै दुई हजार ३०० प्रकारका रहेको पाइएको छ । 

नेपाल कृषि अनुसन्धान परिषद(नार्क) अन्तर्गतको राष्ट्रिय कृषि अनुबंशिक स्रोत केन्द्रले गरेको सङ्कलनमा स्थानीय जातका धानका बीउमा विविधता पाइएको हो । 

स्थानीय जातका बीउ हराउन नदिन धानको बीउ संकलन गर्दै आएको केन्द्रमा वैज्ञानिक कृष्णहरि घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “उन्नत र हाइब्रिडको प्रयोग बढ्दै गएकाले स्थानीय जातका धान हराउन नदिन हामीले बीउ संकलन गरेका हौं ।” जैविक विविधताको संरक्षणका लागि केन्द्रले सात वर्षदेखि बीउ संकलन र संरक्षण गर्दै आएको छ । संकलन भएकामध्ये सबैभन्दा बढी नेपालको प्रमुख बालीका धान छन् । 

धानका स्थानीय जातमा भएका विशेष गुण ल्याएर उन्नत जात विकास गर्नका लागि बीउ संरक्षण गरिएको जाकारी दिँदै वैज्ञानिक घिमिरेले भन्नुभयो, “स्थानीय जातमा भएका कतिपय विशेष गुणलाई अर्काे जातसँग क्रस गरेर पनि नयाँ जात विकास गर्न पनि सकिन्छ ।” 

“धानका यी बीउमध्ये कतिपय केन्द्रमा कार्यरत कर्मचारीले विभिन्न स्थानबाट सङ्कलन गरेर ल्याएका हुन् भने कतिपय स्थानमा रहेका बीउ संकलन केन्द्रबाट पनि नयाँ जात भेटिएपछि हामी ल्याउँछौं । कतिपय जागरुक किसान आफैँले बीउ जोगाइरहन सकिदैँन भन्ने चिन्ताले संरक्षणका लागि केन्द्रमा बीउ ल्याउने गरेका छन् । ” उहाँले बताउनुभयो । 

नेपालमा झण्डै ३० किसिमका धानका उन्नत बीउ विकास भएको छ । उन्नत जात थोरै किसिमका भए पनि यसले ठूलो क्षेत्रफल ओगटेको छ । कम उत्पादन दिने भए पनि स्थानीय जातमा भएका विशेष गुणका कारण कतिपय किसानले यी जात लगाउन छाडेका छैनन् । 

कतिपय जातका बीउ भने किसानले रोप्न छाड्दै जाँदा लोप हुने अवस्थामा पुगेका छन् । केन्द्रले बीउ संरक्षण र आवश्यक पर्दा किसानलाई वितरण गर्दै आएको छ । वैज्ञानिक घिमिरेले भन्नुभयो, “हामीले किसानले चाहदा यहाँ संकलन भएका बीउ किसानलाई थोरै परिमाणमा दिने गरेका छौं ।” 

धानका बीउमा धेरै खालका विविधता छ । नेपालमा एउटै जिल्लाभित्र पनि फरक खालको हावापानी भएकाले ती स्थानमा फरक–फरक जातका धान पाइन्छन् । एउटै व्यक्तिको खेतमा समेत लाग्ने धानमा विविधता पाइने उहाँले बताउनुभयो । 

खेतको माथिल्लो गरामा भन्दा तल्लो गरामा फरक हावापानी हुनसक्छ । माथिल्लो गराबाट पानी तल्लो गरामा पुग्दा बिचमा पानी तात्ने हुँदा पनि धान फरक–फरक खालको फलेको पाइएको छ । 

उन्नत र हाइब्रिड जातका धानमा नपाइने गुण स्थानीय जातमा पाइने र यस्को भात खाँदा भोक नलाग्ने र कपिय त बास्नादार पनि हुन्छ । कतिपय चामल विशेष प्रकारको परिकार पकाउनका लागि प्रयोग हुँदै आएकाले पनि किसान आफैंले यी बीउलाई निरन्तरता दिइरहेका छन् । 

नार्क अन्तर्गतकै बाली विज्ञान महाशाखामा कार्यरत प्राविधिक अतित पराजुली धानका स्थानीय जातमा रहेका विषेश गुणका कारण तिनलाई संरक्षण गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो, “भविष्यमा उन्नत जातका बीउमा रोगको प्रकोप आए स्थानीय जातका धान लगाउन सकिन्छ ।” किसान बढी उत्पादन लिनका लागि उन्नत र हाइब्रिडमा अकर्षित भइरहेका छन् । 

केन्द्रले १३० जातका एघार हजार भन्दा बढी स्थानीय जात संकलन गरेको छ । कृषि वनस्पति महाशाखाले झण्डै ५० वर्षदेखि संकलन गरेको बीउ केन्द्रले सात वर्ष पहिले संरक्षण गरेर राखेको हो । अधिकांश जातका बीउ चिसो(माइनस २० डिग्रिसम्म) मा राखेर लामो समयसम्मका लागि सुरक्षित गरिन्छ । लामो समयसम्म रहने बीउ धेरै ठण्डामा र छोटो आयु हुने बीउ त्यो भन्दा कम तापक्रममा राखेर सुरक्षित गरिन्छ । 

केन्द्रले समय–समयमा खेत÷बारीमा बीउ रोपेर उमारशक्तिसमेत परीक्षण गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते