४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटको त्रिवेणीमा द्धिपक्षीय बैठकको तयारी

२९ श्रावण २०७५, मंगलवार १७:५४

साउन २९, कालिकोट | जिल्लाको सान्नित्रिवेणी गाउँपालिकामा पर्ने निकै लोकप्रिय पर्यटकीय क्षेत्र त्रिवेणीमा द्धिपक्षीय बैठक बस्ने भएको छ । कालिकोट अछाम र बाजुरा जिल्लाको सिमानामा पर्ने त्रिवेणी पाटनको विकासका लागि नरहरीनाथ गाउँपालिका र सान्नि त्रिवेणी गाउँपालिकाको आयोजनामा ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही सहित राष्ट्रिय प्राकृतिक संरक्षण कोषका सदस्य सचिव गोविन्द्र गजुरेल लगायतको उपस्थितिमा भद्रौ ८ गते द्धिपक्षीय बैठक बस्ने सान्नि त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्वरबहादुर शाहीले बताए ।

ऐतिहासिक, धार्मिक महत्वसँग जोडिएको त्रिवेणी क्षेत्रको विकास नहुँदा ओझेलमा परेको शान्नित्रिवेणी गाउँपालिकामा रहेको पर्यटकीय क्षेत्र त्रिवेणीको प्रशस्त पर्यटकीय सम्भावना रहँदा पनि प्रचार–प्रसारको अभावमा यसको महत्व गुम्दै गएको त्रिवेणीसहित बाजुरा जिल्लामा रहेको धामिर्क क्षेत्र बडिमालिकाको विकाससंगै पर्यटकीय क्षेत्रका रुपमा चिनाउनका लागि बैठक बस्न लागेको उनले जानकारी दिए ।

त्रिवेणीसहित बडिमालिका क्षेत्रको महत्व र विकासलाई अगाडि बढाउन यहाँका स्थानीयबासीको सक्रियतामा परापुर्वक कालदेखि मेला  लाग्दै आएको छ । त्रिवेणी हँुदै बडिमालिका क्षेत्रसम्म पुग्न बाटोघाटोको समस्याका कारण यसको ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व ओझेलमा पर्दै गएको नरहरीनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्ट बताए । भौतिक पूर्वाधार निर्माण कार्य अगाडि बढे पनि पर्यटकीय आकर्षणको महत्व बढ्न सकेको छैन ।

पर्यटकको आकर्षण बढाउन पहिलो पटक द्धिपक्षीय बैठक बसी यहाँको विकास गरि बढी भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्ले बैठक आयोजना गरिएको उनले बताए । विभिन्न पाटन र सुन्दरताले भरिएको उक्त क्षेत्रको विकासमा राज्यले चासो नदेखाएकाले द्धिपक्षीय बैठकको आयोजना गरि पर्यटकीय क्षेत्र त्रिवेणी र बडिमालिकाको विकास गर्नका लागि मुख्य मन्त्रीसहितको टोली त्रिवेणीमा आउने नरहरीनाथ गाउँपालिकाका प्रवक्ता गगनबहादुर फडेराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ