पढ्न करिब 2 मिनेट लाग्छ

साउन ३०, जाजरकोट | नलगाड नगरपालिका वडा–७ दानीपिपल खोलाले बगाएर आज बिहान ३९ वर्षीय उमेशबहादुर शाहीको मृत्यु भएको छ । खोलामा आएको बाढीले झण्डै ५० मिटर तल पुर्याएपछि स्थानीयवासीले शाहीको शव फेला पारेको नलगाड नगरपालिकाको प्रमुख टेकबहादुर रावलले बताउनुभयो ।

यसैबीच स्थानीय झुप्रा खोलामा आएको बाढीले नलगाड नगरपालिका २, ३ र ४ बीचमा बाढीले चार घरसहित दुई वटा पुलसमेत बगाउनुका साथै सयौँ रापेनी खेत बगाएको छ । बाढीले स्थानीयका घर, १५ वटा घुम्ती पसल, चार मिल, ५५ घट्ट, दुई वटा पुलसहित सयौँ रोपनी धान रोपेको खेत बगाएको नलगाड नगरप्रमुख रावलले बताउनुभयो ।

मङ्गलबार राति आएको बाढीले नलगाड नगरपालिका–३, घुवाराका गोकर्ण चन्द, धनबहादुर रावल, वडा नं ५ का खिमलाल जैसी र वडा नं २ का कौशीबहादुर विष्टको घरसहित जग्गा बगाएको छ । वडा ३ का वडाध्यक्ष प्रचण्ड ओलीको मिल, जग्गा बाढीले बगाएको छ ।

त्यस्तै बाढीले नलगाड ३ र ४ जोड्ने घुवारामा रहेको पुल, वडा नं २ र ५ जोड्ने कालीमाटीस्थित पुल पनि बगाएको नगर प्रमुख रावलले बताउनुभयो । झुप्रा खोलाको बाढीले स्थानीय रामबहादुर विकसहित दुई वटा मिल पनि बगाएको छ । उक्त खोलामा आएको बाढीले नलगाड–३ को साङ्ट खेत, २ र ४ को कैनाखेत, सिस्नेरी खेत, बागमारे खेत, सादनमुरा खेत, रानीखेतलगायत सयौं रोपनी खेत बगाएको उहाँले बताउनुभयो ।

बाढीले पुल बगाएपछि बारेकोट, कालीमाठीबजार, दल्लीलगायत स्थानतर्फको आवतजावत पूर्णरुपमा बन्द भएको छ । बाढीका कारण यस क्षेत्रका ७० बढी घरपरिवार विस्थापित हुनुको साथै छेप्का र कालीमाटी बजार जोखिममा परेको छ ।

बाढीले वडा ८ बगारामा बाढीका कारण पाँच घर डुबान भएको छ भने पञ्चभयार माविको भवन पहिरोले पुरेको छ । त्यहाँ रहेका सोलार, कार्यालयका कागजातसमेत नष्ट भएका छन् । रासस