2026-09-01 06:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

ती व्राह्मण जसले यी विपन्न दलितलाई बनाए डाक्टर

प्रेम सुनार | साउन ३१, गुल्मी | जसले २०६५ सालमा  बढो मुस्किलले आर्थिक समस्या झेल्दै गाउँको  सरकारी विद्यालयमा एसएलसी पास गर्दा क्याम्पस पढ्ने कुरा उनका बढो सोचनीय विषय थियो । उनलाई विज्ञान विषय लिएर क्याम्पस पढ्ने मन थियो  ।  तर, उनका अगाडि आर्थिक तगारो बनेर तेर्सियो ।  अरु साथीहरु क्याम्पस भर्ना भई रहँदा उनी अकल्गुम थिए । रोगी र बृद्ध बुवा , एउटी आमाको निमेक मजदुरीका भरमा उनले त्यहाँ सम्मको अध्यायन गरेका थिए ।  

उनी हुन गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर–१, साविकको दुर्गम गाउँ नेटा गाविस कटौजेका काँशीराम बिक । २०४८ साल बैशाख ६ गते पिता टोपबहादुर बिक र माता मनरुपाको कोखबाट सानो खरको झुपडीमा जन्मिएका उनी गरीव भए पनि उनले पढेको सरस्वती माध्यामिक विद्यालय नेटाका अव्बल विद्यार्थी थिए ।

एसएलसी पास गरेर सदरमुकाम तम्घासको रेसुङ्गा बहुमुखी क्याम्पस समेत भर्ना हुन नसकेका उनलाई केही  समय पछि काठमाण्डौबाट फोन आउँछ । त्यही फोन नै उनको उज्वल भविश्यको संकेत थियो । उक्त फोन गरेका थिए उनका छिमेकी गाउँ भर्मचौर घर भई काठमाण्डौमा बसेर क्याम्पस पढाउने दिनानाथ पौड्याल । उनले बिकलाई फोन गरेर काठमाण्डौं बोलाए । आफ्नै कोठामा राखेर पुरानो बानेश्वरको न्यु समिट कलेजमा भर्ना गराए ।

आठ महिना सम्म उनी संगै बसेर पढे   । त्यस पछि अध्यायनमा मात्र नभई होस्टेलमा समेत छात्रवृत्ति पाए । होस्टेल मै बसेर विज्ञान विषयमा कक्षा १२ सम्म पढे ।  कक्षा १२ पछि उनका साथीहरु एमबिबिएस अध्यायनका लागि  शिक्षा मन्त्रालयले लिने प्रवेश परीक्षाको तयारमा जुटे ।  

तर उनी संग त्यो पढ्ने रकम जुटाउने उपाय भएन । उनी बाग्लुङ्गको वुर्तिबाङ्गमा रहेको जनता ईङ्गलिश सेकेन्डरी बोर्डिङ्ग स्कुलमा पढाउन  गए । एक वर्ष सम्म त्यहाँ पढाए पछि उनी फेरी काठमाण्डौ फर्के । त्यहाँ  पढाएर उनले  उक्त  रकम जुटाई सकेकोले उनी शिक्षा मन्त्रालयको त्यस  प्रवेश तयारी कक्षमा भर्ना भए ।  तीन महिनाको अध्यायन पछि लिईएको परीक्षामा उनी एमबिबिएस अध्यायनको  छात्रबृत्ति पाउनेमा उतीर्ण भए ।

पाँच बर्ष अध्यायन पुरा गरी अहिले उनी जिल्ला अस्पताल गुल्मीको एमबिबिएस डाक्टर नियुक्ति लिएर  आएका छन । बुधवार देखि  उनले त्यस अस्पतालमा कार्यभार सम्हालेका छन । उनको घर छिमेकी जिल्ला वाग्लुङ्गको सीमनामा  पर्दछ   । अहिले सम्म पनि उनका गाउका मानिसहरु जिल्ला अस्पताल तम्घासको पहुँचमा छैनन ।

तस्वीरमा: उनै डाक्टर बिश्वकर्मा विरामी जाँच्ने तयारीमा निस्कीदै 

डाक्टर बिक पहिलो पटक आफ्नो जिल्लाको अस्पताल भित्र प्रबेश गरे त्यो पनि डाक्टर बनेर ।  डाक्टर बिक भन्छन –‘ मैले यो जिल्ला अस्पताल देखेको सम्म थिईन । आज पहिलो पटक प्रबेश गर्दैछु । उनी बुधवार अस्पताल प्रबेश गर्दै गर्दा महिला अधिकारकर्मी विष्णुकुमारी सापकोटा , निर्मला केसी लगायतले पुष्पगुच्छाले स्वागत गर्दै बधाई दिदै थिए ।

बाबु आमाका ९ सन्तान मध्येका हुन डाक्टर बिक ।   घरमा चरम गरिवी थियो । त्यस माथी बाबुको मृत्यु भयो । घर जल्यो ।  अरु यावत आरोह अवरोहहरु पार गरे उनले, कत्ति विचलित भएनन ।  लुम्विनी मेडिकल कलेज प्रभास पाल्पामा एमबिबिस उतिर्ण डाक्टर बिक  यसरी डाक्टर बन्लान भन्ने कल्पना नै गर्न नसकिएको उनका छिमेकी तथा शिक्षा विकास तथा समन्वय ईकाई गुल्मीका शाखा अधिकृत झविलाल बिक बताउँ छन ।

उनी भन्छन सामन्य क्याम्पस भर्ना त कसरी हुने हो भन्ने उहाँहरुको आर्थिक अवस्था थियो । उनले एसएलसी पास गरे पछि शिक्षक सम्म हुन सक्ने भएकोले मैले म्याथ वा ईङ्गलिश विषय लिएर पढ्न सुझाएको थिएँ, डाक्टर र ईञ्जिनियर पढ्ने भन्ने कुरा त सोच्न सम्म सकिएको थिएन ।’

डाक्टर बिक भन्छन डाक्टर बन्ने कुरा त म आफैले पनि कल्पना समेत गर्न सकेको थिएन । मलाई थाहा थिएन विज्ञान पढेर डाक्टर बनिन्छ भन्ने कुरा ।  

म सायद भाग्यमानी रहेछु क्यारे दिनानाथ सर जस्ता गडफादर पाएँ मैले । उहाँले ठुलो सहयोग सहित प्रेरणा दिनु भयो । बुटवलमा खेम पुन , छिमेकी मामा थामडाँडाका दुर्गा बिक सहित अरु धेरैले सहयोग गरेर मलाई यहाँ सम्म ल्याउनु भयो । उहाँहरु सवै प्रति कृतज्ञता जाहेर गर्ने मैले त्यस्तो शव्द नै  शव्द कोष मै पाईन  ।  उनी थप्छन मेरो घरको गरिवीले नै मलाई यहाँ सम्म पुु¥याएको हो ।

गरिव हुँदैन्थे भने दिनानाथ सर जस्ता सयौंको सहयोग पाउन सक्ने थिईन । यसर्थ गरिवीलाई मेरो कमजोरी होईन मेरो ताकत ठानेको छु । गरिवी होईन समस्या, जुन कोही गरिवले  लिने अपेक्षामा भर पर्दो रहेछ । मैले गाउँको मास्टर बन्ने अपेक्षा लिएको थिएँ । कहिले मानिसको अपेक्षा अनुरुप नै पुरा हुँदो रहेछ भने कहिले जिन्दगीको मोड नै बदलिदो रहेछ ।

उनको प्रमुख सहयोगी र प्रेरणका श्रोत दिननाथ पौड्याल भन्छन–‘ मैले भन्दा पनि उनी आफैको मेहनत र  संघर्षले यहाँ सम्म आएका हुन । मैले त वातवरण मात्रै बनाई दिएको हुँ । अरु थुप्रैलाई पनि बातवरण बनाऔं तर कोही लफङ्गिए तर उनले बढो मेहनत गरे  । उनि यसरी सफल भएकोमा एकदमै खुशी छु ।   शाखा अधिकृत बिक भन्छन –‘  जिल्ला अस्पताल तम्घासमा दलित समुदायबाट डाक्टर नियुक्ति लिएर आउने सम्भवत उहाँ पहिलो हुन सक्छ । ’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन