२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा असोज ५ र ६ मा नेपाल जेसीजको क्षेत्र(ख) सम्मेलन हुने

२०७५, ३१ श्रावण बिहीबार ०५:५०

साउन ३०, पर्वत । नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलन पर्वतमा हुने भएको छ ।  असोज ५ र ६ गते कुश्मामा नेपाल जेसीजको क्षेत्र(ख) भेलाको तयारी भैरहेको पर्वत जेसीजले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । उक्त कार्यक्रमका संयोजक बशन्त कुमार कर्माचार्यले सो जानकारी दिएका हुन् । 


कार्यक्रमका देशभरका झण्डै ७ सय जेसीज पर्वतमा आउने आयोजकको दाबी रहेको छ । जिल्लाको पर्यटन प्रर्बद्धनको विकासको लागि उक्त सम्मेलन प्रभावकारी हुने आयोजकको दाबी छ ।

आयोजक पर्वत जेसीजले क्षेत्र ख अन्तरगतका झण्डै ३२ शाखाको उक्त कार्यक्रमका सहभागी हुने जनाएको छ । कार्यक्रमको बारेमा जानकारी दिदै सम्मेलन संयोजक कर्माचार्यले भने ‘हामीले यो सम्मेलन जिल्लाको पर्यटन विकासको लागि गरेका हौं । पर्यटन प्रर्वद्धन हुनेमा हामी पूर्ण विश्वस्त छौं’ ।

आर्थिक संयोजकका रुपमा रहेका विषम कुमार श्रेष्ठले झण्डै ३० लाख ५० खर्च लाग्ने अनुमान गरिएको बताए । उनले सोही बराबरको आय पनि हुने अपेक्षा जेसीजले लिएको बताए । सहभागीहरुको रजिष्ट्रेशनबाट ९ लाख ९० हजार, प्रायोजकबाट १० लाख, नेपाल जेसीजबाट सहयोग १ लाख, स्मारिका विज्ञापनबाट ३ लाख, संघसंस्थाहरुबाट सौजन्य २.५ लाख र आन्तरीक आयबाछ ३.६५ लाख उठ्ने विश्वास लिएको बताए ।

 क्लबले सो सम्मेलनमा प्रकरण गोष्ठी, वक्तृत्वकला प्रतियोगिता, स्थानीय कलाकाहरुबाट विविध सांस्कृतिक कार्यक्रम, जिल्लास्थित पर्यटकीय तथा धार्मिक स्थानको दश्यावलोकन, जिल्लाको पहिचान झल्कने झाँकी सहितको शान्ति पदयात्रा,नेर्ततव तथा व्यक्तित्व विकास तालिमहरु, नेपाल जेसीज क्षेत्र ख का शाखाध्यक्षहरुको साधारण सभा तथा बैठक, जिल्लामा उत्पादित बस्तुहरुको स्टल रहने जनाएको छ ।

पर्वत जेसीजले उक्त सम्मेलनबाट जिल्लाको जेसीजलाइ थप प्रभावकारी बनाउन सकिने, पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रचारप्रसार तथा प्रर्बद्धन गर्ने, नेपालकै अग्ला झोलुङ्गे पुल, नीजि लगानीमा संचालित यान्त्रिक पुल, निर्माणधिन बन्जी जम्पको प्रचारप्रसार,उद्योग व्यापार तथा व्यवसायको प्रर्वद्धन र शाखाध्यक्षहरुको बैठकबाट महत्वपूर्ण निर्णयहरु पारित गर्ने उद्देश्य रहेको जनाएको छ । 

पर्वत जेसीजका अध्यक्ष राजन जोशीले उक्त सम्मेलनको तयारी तिब्र रुपमा भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट