पढ्न करिब 2 मिनेट लाग्छ
साउन ३०, पर्वत । नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलन पर्वतमा हुने भएको छ । असोज ५ र ६ गते कुश्मामा नेपाल जेसीजको क्षेत्र(ख) भेलाको तयारी भैरहेको पर्वत जेसीजले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । उक्त कार्यक्रमका संयोजक बशन्त कुमार कर्माचार्यले सो जानकारी दिएका हुन् ।

कार्यक्रमका देशभरका झण्डै ७ सय जेसीज पर्वतमा आउने आयोजकको दाबी रहेको छ । जिल्लाको पर्यटन प्रर्बद्धनको विकासको लागि उक्त सम्मेलन प्रभावकारी हुने आयोजकको दाबी छ ।
आयोजक पर्वत जेसीजले क्षेत्र ख अन्तरगतका झण्डै ३२ शाखाको उक्त कार्यक्रमका सहभागी हुने जनाएको छ । कार्यक्रमको बारेमा जानकारी दिदै सम्मेलन संयोजक कर्माचार्यले भने ‘हामीले यो सम्मेलन जिल्लाको पर्यटन विकासको लागि गरेका हौं । पर्यटन प्रर्वद्धन हुनेमा हामी पूर्ण विश्वस्त छौं’ ।
आर्थिक संयोजकका रुपमा रहेका विषम कुमार श्रेष्ठले झण्डै ३० लाख ५० खर्च लाग्ने अनुमान गरिएको बताए । उनले सोही बराबरको आय पनि हुने अपेक्षा जेसीजले लिएको बताए । सहभागीहरुको रजिष्ट्रेशनबाट ९ लाख ९० हजार, प्रायोजकबाट १० लाख, नेपाल जेसीजबाट सहयोग १ लाख, स्मारिका विज्ञापनबाट ३ लाख, संघसंस्थाहरुबाट सौजन्य २.५ लाख र आन्तरीक आयबाछ ३.६५ लाख उठ्ने विश्वास लिएको बताए ।
क्लबले सो सम्मेलनमा प्रकरण गोष्ठी, वक्तृत्वकला प्रतियोगिता, स्थानीय कलाकाहरुबाट विविध सांस्कृतिक कार्यक्रम, जिल्लास्थित पर्यटकीय तथा धार्मिक स्थानको दश्यावलोकन, जिल्लाको पहिचान झल्कने झाँकी सहितको शान्ति पदयात्रा,नेर्ततव तथा व्यक्तित्व विकास तालिमहरु, नेपाल जेसीज क्षेत्र ख का शाखाध्यक्षहरुको साधारण सभा तथा बैठक, जिल्लामा उत्पादित बस्तुहरुको स्टल रहने जनाएको छ ।
पर्वत जेसीजले उक्त सम्मेलनबाट जिल्लाको जेसीजलाइ थप प्रभावकारी बनाउन सकिने, पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रचारप्रसार तथा प्रर्बद्धन गर्ने, नेपालकै अग्ला झोलुङ्गे पुल, नीजि लगानीमा संचालित यान्त्रिक पुल, निर्माणधिन बन्जी जम्पको प्रचारप्रसार,उद्योग व्यापार तथा व्यवसायको प्रर्वद्धन र शाखाध्यक्षहरुको बैठकबाट महत्वपूर्ण निर्णयहरु पारित गर्ने उद्देश्य रहेको जनाएको छ ।
पर्वत जेसीजका अध्यक्ष राजन जोशीले उक्त सम्मेलनको तयारी तिब्र रुपमा भएको बताए ।

