२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

कक्षाकोठा बगाएपछि पठनपाठनमा समस्या

२०७५, ३१ श्रावण बिहीबार ०७:०३

साउन ३१, म्याग्दी | कालीगण्डकीले कक्षाकोठा बगाएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालयको पठनपाठन प्रभावित भएको छ । 

बुधबार बिहान कालीगण्डकी नदीमा आएको बाढीले कटान गरेर विद्यालयको ६ कोठे भवन बगाएपछि कक्षा सञ्चालनमा समस्या भएको हो । बिहीबारदेखि शुरु हुने पहिलो त्रैमासिक परीक्षाको अवधिलाई स्थानीयवासी टेकबहादुर बोहोराले घर उपलब्ध गराउनुभएको छ । नियमित पठनपाठन र प्रशासनिक कामका लागि भवनको अभावले समस्या बनाएको प्रअ शान्ति राम्जालीले बताउनेभयो । “विद्यालयका कागजात, फर्निचर सबै भवनसँगै कालीगण्डकीले बगायो, तत्काल अस्थायी र दीर्घकालीन रुपमा स्थायी भवनको आवश्यकता परेको छ,” प्रअ राम्जालीले भन्नुभयो । 

कक्षा ३ सम्मको पठनपाठन हुने विद्यालयमा बालशिक्षासहित करीब २० बालबालिका पढछन् । बोहोराले उपलब्ध गराएको घरको कोठामा पाल र म्याट्रेस बिछ्याएर परीक्षा सञ्चालनको तयारी भएको छ । कोप्चेपानीदेखि केही माथिको भालेबासमा विद्यालय स्थानान्तरणका लागि जग्गाको खोजी शुरु गरिएको प्रअ राम्जालीले जानकारी दिनुभयो । 

बाढीले भवन बगाउँदा रु २५ लाख बराबरको क्षति पुगेको व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्काले बताउनुभयो । बेनी–जोमसोम सडक विस्तारका क्रममा निस्किएको माटो र गेगर सिधै कालीगण्डकीमा फालिदा नदीमा बाढीको सतह बढेर कटान गरेको बताइएको छ । विद्यालय परिसरको आमा समूह भवन पनि बगाएको छ । खड्का समुदायको कुल मन्दिर जोखिममा परेको छ । कोप्चेपानीदेखि काभ्रे गाउँमा विद्युत् लैजान गाडिएका पोल र तारसमेत कालीगण्डकीले कटान गरेर बगाएपछि विद्युत् आपूर्ति बन्द भएको छ । 

दश घरपरिवार विस्थापित 

करीब २० मिटर कटान गरेर विद्यालय भवन बगाएको कालीगण्डकीको धार बस्तीतर्फ सोझिएपछि कोप्चेपानीका बासिन्दा विस्थापित भएका छन् । कोप्चेपानीमा बसोबास गर्ने २४ मध्ये उच्च जोखिमका १० घरपरिवार भालेबासमा गएर बस्न थालेका छन् । कालीगण्डकीले बस्तीतर्फ निरन्तर कटान गर्न थालेपछि घरका सामान भालेबासमा रहेको गोठमा सारेर त्यही बस्न थालेका स्थानीयवासी गोपाल खड्काले बताउनुभयो । गोपाल खड्का, बलबहादुर खड्का, दुर्गा खड्का, बृताकुमारी ज्वारचन, जगत बोहोरा, लक्ष्मी बोहोरा, यामबहादुर पुन, सुकबहादुर रोका, शीतल गर्बुजा र यामबहादुर खड्काको परिवार विस्थापित भएका हुन् । 

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, वडाध्यक्ष चन्द्रप्रकाश फगामी, जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाको टोलीले घटनास्थलको अनुगमन गरेको छ । तत्काल त्रिपाल उपलब्ध गराइएको र अस्थायी भवनका लागि जस्तापाता उपलब्ध गराउने अध्यक्ष पुनले बताउनुभयो । शिक्षा इकाईका प्रमुख थापाले गाउँपालिका, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरेर अस्थायी पूर्वाधार बनाएर पठनपाठनलाई निरन्तरता र दीर्घकालीन रुपमा पक्की भवन बनाउन पहल गर्ने बताउनुभयो । 

बेनी–जोमसोम सडक अवरुद्ध 

यसैबीच पहिरो र नदी कटानले म्याग्दीको उत्तरी क्षेत्र हँुदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ । म्याग्दीको बैसरी, बेगखोला, भुरुङ तातोपानी, गुइँठे, घट्टेखोला, रुप्से, काभ्रेभीर र मुस्ताङको घाँसामा पहिरोले सडक बगाएपछि सिधा यातायात अवरुद्ध बनेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिं शेरचनले बताउनुभयो । 

भुरुङ तातोपानी र घाँसामा कालीगण्डकीले सडक कटान गरेर बगाएको छ । सडक आयोजनामा परिचालन भएका निर्माण व्यवसायीका उपकरण प्रयोग गरेर मर्मतको प्रयास गरे पनि निरन्तरको वर्षातका कारण सफल हुन नसकेको सुपरभाइजर शेरचनले बताउनुभयो । सडक अवरुद्ध हुँदा मुस्ताङ जाने आउने तीर्थयात्री, पर्यटक र स्थानीयवासीलाई सास्ती भएको छ । खण्डखण्डमा चल्ने सार्वजनिक सवारी साधनका कर्मचारीहरुले तोकिएको भन्दा बढी भाडा लिने गरेको यात्रुहरुले गुनासो गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण