२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

कक्षाकोठा बगाएपछि पठनपाठनमा समस्या

३१ श्रावण २०७५, बिहीबार ०७:०३

साउन ३१, म्याग्दी | कालीगण्डकीले कक्षाकोठा बगाएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालयको पठनपाठन प्रभावित भएको छ । 

बुधबार बिहान कालीगण्डकी नदीमा आएको बाढीले कटान गरेर विद्यालयको ६ कोठे भवन बगाएपछि कक्षा सञ्चालनमा समस्या भएको हो । बिहीबारदेखि शुरु हुने पहिलो त्रैमासिक परीक्षाको अवधिलाई स्थानीयवासी टेकबहादुर बोहोराले घर उपलब्ध गराउनुभएको छ । नियमित पठनपाठन र प्रशासनिक कामका लागि भवनको अभावले समस्या बनाएको प्रअ शान्ति राम्जालीले बताउनेभयो । “विद्यालयका कागजात, फर्निचर सबै भवनसँगै कालीगण्डकीले बगायो, तत्काल अस्थायी र दीर्घकालीन रुपमा स्थायी भवनको आवश्यकता परेको छ,” प्रअ राम्जालीले भन्नुभयो । 

कक्षा ३ सम्मको पठनपाठन हुने विद्यालयमा बालशिक्षासहित करीब २० बालबालिका पढछन् । बोहोराले उपलब्ध गराएको घरको कोठामा पाल र म्याट्रेस बिछ्याएर परीक्षा सञ्चालनको तयारी भएको छ । कोप्चेपानीदेखि केही माथिको भालेबासमा विद्यालय स्थानान्तरणका लागि जग्गाको खोजी शुरु गरिएको प्रअ राम्जालीले जानकारी दिनुभयो । 

बाढीले भवन बगाउँदा रु २५ लाख बराबरको क्षति पुगेको व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्काले बताउनुभयो । बेनी–जोमसोम सडक विस्तारका क्रममा निस्किएको माटो र गेगर सिधै कालीगण्डकीमा फालिदा नदीमा बाढीको सतह बढेर कटान गरेको बताइएको छ । विद्यालय परिसरको आमा समूह भवन पनि बगाएको छ । खड्का समुदायको कुल मन्दिर जोखिममा परेको छ । कोप्चेपानीदेखि काभ्रे गाउँमा विद्युत् लैजान गाडिएका पोल र तारसमेत कालीगण्डकीले कटान गरेर बगाएपछि विद्युत् आपूर्ति बन्द भएको छ । 

दश घरपरिवार विस्थापित 

करीब २० मिटर कटान गरेर विद्यालय भवन बगाएको कालीगण्डकीको धार बस्तीतर्फ सोझिएपछि कोप्चेपानीका बासिन्दा विस्थापित भएका छन् । कोप्चेपानीमा बसोबास गर्ने २४ मध्ये उच्च जोखिमका १० घरपरिवार भालेबासमा गएर बस्न थालेका छन् । कालीगण्डकीले बस्तीतर्फ निरन्तर कटान गर्न थालेपछि घरका सामान भालेबासमा रहेको गोठमा सारेर त्यही बस्न थालेका स्थानीयवासी गोपाल खड्काले बताउनुभयो । गोपाल खड्का, बलबहादुर खड्का, दुर्गा खड्का, बृताकुमारी ज्वारचन, जगत बोहोरा, लक्ष्मी बोहोरा, यामबहादुर पुन, सुकबहादुर रोका, शीतल गर्बुजा र यामबहादुर खड्काको परिवार विस्थापित भएका हुन् । 

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, वडाध्यक्ष चन्द्रप्रकाश फगामी, जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाको टोलीले घटनास्थलको अनुगमन गरेको छ । तत्काल त्रिपाल उपलब्ध गराइएको र अस्थायी भवनका लागि जस्तापाता उपलब्ध गराउने अध्यक्ष पुनले बताउनुभयो । शिक्षा इकाईका प्रमुख थापाले गाउँपालिका, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरेर अस्थायी पूर्वाधार बनाएर पठनपाठनलाई निरन्तरता र दीर्घकालीन रुपमा पक्की भवन बनाउन पहल गर्ने बताउनुभयो । 

बेनी–जोमसोम सडक अवरुद्ध 

यसैबीच पहिरो र नदी कटानले म्याग्दीको उत्तरी क्षेत्र हँुदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ । म्याग्दीको बैसरी, बेगखोला, भुरुङ तातोपानी, गुइँठे, घट्टेखोला, रुप्से, काभ्रेभीर र मुस्ताङको घाँसामा पहिरोले सडक बगाएपछि सिधा यातायात अवरुद्ध बनेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिं शेरचनले बताउनुभयो । 

भुरुङ तातोपानी र घाँसामा कालीगण्डकीले सडक कटान गरेर बगाएको छ । सडक आयोजनामा परिचालन भएका निर्माण व्यवसायीका उपकरण प्रयोग गरेर मर्मतको प्रयास गरे पनि निरन्तरको वर्षातका कारण सफल हुन नसकेको सुपरभाइजर शेरचनले बताउनुभयो । सडक अवरुद्ध हुँदा मुस्ताङ जाने आउने तीर्थयात्री, पर्यटक र स्थानीयवासीलाई सास्ती भएको छ । खण्डखण्डमा चल्ने सार्वजनिक सवारी साधनका कर्मचारीहरुले तोकिएको भन्दा बढी भाडा लिने गरेको यात्रुहरुले गुनासो गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की