२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

चोरबाट बचाउन स्थानीय बासिन्दाको घरमा मूर्तिको बाँस

३१ श्रावण २०७५, बिहीबार ०९:४०

साउन ३१, पाल्पा | रम्भा गाउँपालिका–५, ताहँुमा प्रशिद्ध रम्भादेवी मन्दिरमा रहेको मूर्ति गाउँलेको घरमा रात बिताउन निस्कन थालेको करीब ४० वर्ष हुन थाल्यो । 

मन्दिरको मूर्ति पटकपटक चोरी हुन थालेपछि ताहुँको बजार क्षेत्रमा बिहान र साँझमा स्थानीय बासिन्दाको घरमा ल्याउने गर्दछन् । चालिस वर्षदेखि ताहुँ प्रहरी नजिकै स्थानीय बासिन्दाको घरमा राख्न थालेसँगै मन्दिरको मूर्ति चोरिनबाट जोगिएको रम्भादेवी पर्यटक विकास प्रतिष्ठानका अध्यक्ष विनोद श्रेष्ठले बताउनुभयो । 


मन्दिरबाट हराएको मूर्ति पाल्पाको आर्यभन्ज्याङबाट बाजा बजाएर मन्दिरमा ल्याएपछि स्थानीय बासिन्दाका घरमा सुरक्षाका लागि रातमा राख्न थालेको श्रेष्ठले बताउनुभयो । 

श्रेष्ठका अनुसार मन्दिरमा पुजारी र सुरक्षाकर्मीका लागि आवास व्यवस्थापन गर्ने लक्ष्यका साथ गुरुयोजना तयार गरे पनि बजेटका अभावमा भौतिक पूर्वाधारको विकास गर्न हुन सकेको छैन । आवासको व्यवस्थापन गर्न सकेको अवस्थामा मन्दिरको मूर्ति रातमा अन्यत्र राख्ने समस्या समाधान हुने लक्ष्य गुरुयोजनाले लिएको छ । स्थानीयस्तरमा बनाएको गुरुयोजनामा बजेटको अभावले काम भने हुन सकेको छैन । 

पुजारीले बोकेर बिहान मन्दिरमा पूजा गर्न र साँझ सुरक्षाका लागि स्थानीय बासिन्दाको घरमा ताहुँको बजार क्षेत्रमा ल्याउन गदाँ झन्झटिलो हुने गरेको मन्दिरका पुजारी प्रेमनारायण पाण्डेयले बताउनुभयो । पटक पटक मन्दिरका मूर्ति चोरिने समस्या बढेपछि सुरक्षाका लागि स्थानीय बासिन्दाको घरमा राख्न बाध्य भएको हो । वनको बीचमा मन्दिर रहेको र बहुमूल्य मूर्ति चोरी हुनबाट रोक्नका लागि साँझमा मन्दिर बाहिर लैजान थालेको हो । 

जिल्लाको सदरमुकाम तानसेनदेखि ३१ किलोमिटर पूर्वमा ताहुँको घना जङ्गलभित्र शान्त र रमणीयस्थलमा मन्दिर रहेको छ । प्रशिद्ध रम्भादेवी मन्दिर धार्मिक एवं सांस्कृतिक महत्वले भरिपूर्ण रहेकाले पनि आन्तरिक पर्यटकका लागि गन्तव्य स्थल बनाउन सकिने स्थानीय बासिन्दा बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला