2026-09-14 02:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

चोरबाट बचाउन स्थानीय बासिन्दाको घरमा मूर्तिको बाँस

साउन ३१, पाल्पा | रम्भा गाउँपालिका–५, ताहँुमा प्रशिद्ध रम्भादेवी मन्दिरमा रहेको मूर्ति गाउँलेको घरमा रात बिताउन निस्कन थालेको करीब ४० वर्ष हुन थाल्यो । 

मन्दिरको मूर्ति पटकपटक चोरी हुन थालेपछि ताहुँको बजार क्षेत्रमा बिहान र साँझमा स्थानीय बासिन्दाको घरमा ल्याउने गर्दछन् । चालिस वर्षदेखि ताहुँ प्रहरी नजिकै स्थानीय बासिन्दाको घरमा राख्न थालेसँगै मन्दिरको मूर्ति चोरिनबाट जोगिएको रम्भादेवी पर्यटक विकास प्रतिष्ठानका अध्यक्ष विनोद श्रेष्ठले बताउनुभयो । 

मन्दिरबाट हराएको मूर्ति पाल्पाको आर्यभन्ज्याङबाट बाजा बजाएर मन्दिरमा ल्याएपछि स्थानीय बासिन्दाका घरमा सुरक्षाका लागि रातमा राख्न थालेको श्रेष्ठले बताउनुभयो । 

श्रेष्ठका अनुसार मन्दिरमा पुजारी र सुरक्षाकर्मीका लागि आवास व्यवस्थापन गर्ने लक्ष्यका साथ गुरुयोजना तयार गरे पनि बजेटका अभावमा भौतिक पूर्वाधारको विकास गर्न हुन सकेको छैन । आवासको व्यवस्थापन गर्न सकेको अवस्थामा मन्दिरको मूर्ति रातमा अन्यत्र राख्ने समस्या समाधान हुने लक्ष्य गुरुयोजनाले लिएको छ । स्थानीयस्तरमा बनाएको गुरुयोजनामा बजेटको अभावले काम भने हुन सकेको छैन । 

पुजारीले बोकेर बिहान मन्दिरमा पूजा गर्न र साँझ सुरक्षाका लागि स्थानीय बासिन्दाको घरमा ताहुँको बजार क्षेत्रमा ल्याउन गदाँ झन्झटिलो हुने गरेको मन्दिरका पुजारी प्रेमनारायण पाण्डेयले बताउनुभयो । पटक पटक मन्दिरका मूर्ति चोरिने समस्या बढेपछि सुरक्षाका लागि स्थानीय बासिन्दाको घरमा राख्न बाध्य भएको हो । वनको बीचमा मन्दिर रहेको र बहुमूल्य मूर्ति चोरी हुनबाट रोक्नका लागि साँझमा मन्दिर बाहिर लैजान थालेको हो । 

जिल्लाको सदरमुकाम तानसेनदेखि ३१ किलोमिटर पूर्वमा ताहुँको घना जङ्गलभित्र शान्त र रमणीयस्थलमा मन्दिर रहेको छ । प्रशिद्ध रम्भादेवी मन्दिर धार्मिक एवं सांस्कृतिक महत्वले भरिपूर्ण रहेकाले पनि आन्तरिक पर्यटकका लागि गन्तव्य स्थल बनाउन सकिने स्थानीय बासिन्दा बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले