सास । साउन ३१, बर्दिया । 

राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया बर्दियाले प्लान ईन्टरनेश्नल नेपाल संगको साझेदारीमा सञ्चालित समाबेशी शिक्षा प्रबर्धन पाई परियाजना अन्तरगत  अपांगता भएका ब्यक्तिहरुको सञ्जालका सहदस्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । साउन ३१, बर्दिया । 

राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया बर्दियाले प्लान ईन्टरनेश्नल नेपाल संगको साझेदारीमा सञ्चालित समाबेशी शिक्षा प्रबर्धन पाई परियाजना अन्तरगत  अपांगता भएका ब्यक्तिहरुको सञ्जालका सहदस्"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बार्षिक योजना तथा निर्माण क्षमता विकास तालिम

३१ श्रावण २०७५, बिहीबार १५:२९

सास । साउन ३१, बर्दिया । 

राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया बर्दियाले प्लान ईन्टरनेश्नल नेपाल संगको साझेदारीमा सञ्चालित समाबेशी शिक्षा प्रबर्धन पाई परियाजना अन्तरगत  अपांगता भएका ब्यक्तिहरुको सञ्जालका सहदस्यहरुका लागि पैरवी, श्रोत, पहिचान एवं परिचालन ,नेतृत्व विकास तथा  क्षमता बिकास  सम्बन्धिको २ दिन तालिम बर्दियाको बढैयातालमा आज सम्पन्न भएको छ ।     

राधाकृष्ण थारु जनसेवा केन्द्रको पाई परियोजना बर्दियाका कार्यक्रम संयोजक जीतराम चौधरीले कार्यक्रमको उद्देश्य माथि प्रकास पार्नु भएको थियो भने सस्थाका कोषाध्यक्ष यज्ञराज पाख्रलेले यो कार्यक्रम पछाडी पारिएका बर्ग र समुदायको लागि निकै उपयोगी भएको हुदा तालिमका सहभागीहरुले सिकेका ज्ञान सिप लाई  कार्ययोजना बनाई ब्यबहारमा लागु गर्नु पर्नेमा जोड दिनु भयो ।  

बर्दिया अपांग पुनस्र्थापना केन्द्रको समन्वयमा  यहि मिति श्रावण  ३० गते शुरु भएको  २ दिने तालिममा सबै प्रकारका बिभेका न्यूनिकरण ,राज्यद्धारा प्रदान गरिने सेवा सुबधिामा पहचुँ पुर्याउन , स्थानिय तहमा अर्थपुर्ण समाबेशिकरण  लगाएतका सवालमा  बहस छलफल गर्न सक्ने जनशक्ति तायार गर्ने उद्देश्ले कार्यक्रममको आयोजना गरिएको सस्थाले जनाएको छ ।

सहजिकरणको पहिलो दिन  नेततृत्व बिकास ,सशक्तिकरण , बिभेद , भेदभाबका अवधारणा ,अबिभेद र समानताको सिद्धन्त , समानताको सिद्धान्तको आवाश्यक्ताको बारेमा र  दोश्रोदिन    अपांगता भएका ब्यक्तिहरुको अवस्था , सवाल , बिद्यमान ऐन नीति कार्यक्रमको बारेमा  बर्दिया अपांग पुनस्र्थापना केन्द्रका निर्देशक दल बहादुर सुनार र अध्यक्ष कृष्ण बहादुर क्षेत्रीले सहजिकरण गर्नु भएको थियो ।

त्यसैगरी संजालको आ.ब.२०७५ ̷  ०७६ को बार्षिक योजना निमार्ण गरिएको छ कार्ययोजना निमार्ण कार्यमा सस्थाका सामुदायिक कार्यकर्ता  ममता माझि , दुगा रावलले सहजिकरण गर्नु भएको थियो ।

बढैयाताल स्तरी अपांग सञ्जालका अध्यक्ष अमर बि.क.को अध्यक्षतामा सम्पन्न कार्यक्रममा २७ जनाको सहाभगिता रहेको सस्थाले जाएको छ ।

राधाकृष्ण थारु जनसेवा केन्द्रले सञ्जालका सदस्यहरुको लागि बर्दियाका ३ वटै तह सम्म क्षमता बिकास सम्बन्धि कार्यक्रम बिस्तार गर्ने क्रममा यही २७ र २८ गते बढैयातल स्तरिय दलित महिला सञ्जालहरुको लागि तालिम भएको थियो भने  २८ र २९ गते मधुबन नगर पालिका स्तरीय अपांग सञ्जालको लागि २ ̷ २ दिने तालिम सम्पन्न भएको पाई परियोजना बर्दियाका संयोजक जीतराम थारुले जानकारी दिनु भयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै