Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नारायणी नदीको भङ्गालोको त्रासमा बोटे वस्ती

२०७५, १ भाद्र शुक्रबार ०७:०३

हरि बाँस्तोला | भदौ १, नवलपुर | वर्षेनी वर्षात्को समयमा हुने गरेको नारायणी नदीको कटानको पीडा भोगिरहेका बोटे वस्तीका बासिन्दालाई त्रासमा बस्नु यतिखेर दैनिकी जस्तै बनेको छ । नारायणी नदीको भङ्गालो निरन्तर वस्तीमा सोझिएपछि सम्भावित दुर्घटनाको पीडाले स्थानीय बासिन्दा वर्षौंदेखि पीडित बन्दै आएका छन् । 

नदीको कटानका कारण आफूहरुको बास जोखिममा परेको मध्यबिन्दु नगरपालिका–२ की कमलाकुमारी राना बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘‘बाससँगै खेतीयोग्य जमीन पनि बगरमा परिणत हुँदा गास पनि खोसिएपछि अहिले त्रास र दुःख मात्र बाँकी छ ।’’ आफूले थाहा पाउँदा नदी वस्तीबाट धेरै टाढा रहेको बताउँदै ५२ वर्षीय रानाले अकल्पनीयरुपमा नदी बस्तीमै आइपुग्दा यस क्षेत्रका ४२० घर उच्च जोखिममा परेको बताउनुभयो । 

अर्का स्थानीय बासिन्दा नारायणप्रसाद महतोले वर्षेनी वस्तीतर्पm बढेको नदी गम्भीर चिन्ताको विषय बनेको बताउँदै हालै नदीको बहाव अत्यधिक बढेपछि डरले रातमा जाग्राम बस्नु परेको दुखेसो सुनाउनुभयो । अघिल्लो वर्षमात्रै साउन १८ गते उर्लिएको नदीका कारण यहाँका १८ घर बगाउँदा मानवीय क्षति नभए पनि लाखौँ रुपैयाँ बराबरको धनमाल, पशु चौपाया र खेती बगाएर ठूलो नोक्सान भएको उहाँले बताउनुभयो । 

बाढीको त्रासले वर्षात्को समयमा पूर्वसूचनाका लागि स्थानीय १० जनाको समूह बनाएर रातको समयमा जाग्राम बस्ने गरेको उहाँको भनाइ छ । कटान बढेसँगै व्यक्तिका जग्गा बगरमा परिणत भएको अर्का स्थानीयबासिन्दा इन्द्र बोटेले गुनासो गर्नुभयो । माझी, मुसहर र बोटे कल्याण सेवा समितिकी सामाजिक परिचालका समेत रहनुभएकी उहाँ भन्नुहुन्छ, “उत्पादनयोग्य जमीन बगरमा परिणत हुनु, पशुपालनका लागि घाँस ल्याउन पनि आरक्षमा कडाइ हुनुजस्ता समस्याका कारण सर्वसाधारणको जीविकोपार्जनमा दिन प्रतिदिन कठिनाइ परेको छ । 

भएको जमीन उपयोगविहीन भएपछि विकल्पका रुपमा माछा मार्ने, तामा काट्ने र निउरो खोजेर बिक्री गरी जीवन निर्वाह गर्दै आएको सो क्षेत्रका बासिन्दा सुकमाया बोटे बताउनुहुन्छ । पूर्णरुपमा कटान नियन्त्रण गर्न नवलपुरको गैँडाकोटदेखि त्रिवेणीसम्म तटबन्ध निर्माण गरी नदी नियन्त्रण गर्नुका साथै त्यसमाथि बाटो बनाउनसके उक्त क्षेत्रको वस्ती जोगाउन सकिने प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछानेको भनाइ छ । 

यसैबीच साउनको दोस्रो साता उक्त क्षेत्रको अवलोकन गर्न पुग्नुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्थानीय बासिन्दाले कटान नियन्त्रण गरी बस्ती सुरक्षाको सामूहिक माग गरेका थिए । गुनासो सुन्दै मुख्यमन्त्री गुरुङले तत्कालीन र दीर्घकालीन योजनाका साथ नारायणी नदी नियन्त्रणका साथै प्रभावित क्षेत्रको समस्या समाधानका लागि प्रदेश सरकारले उचित पहल गर्ने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले पूर्णरुपमा नदी नियन्त्रणसहित सोही तटबन्धलाई सडक पूर्वाधारकारुपमा विकास गर्न अर्बांै रुपैयाँ लाग्ने अनुमान गरिएको बताउँदै उक्त कार्यका लागि सङ्घ सरकारसँग माग गरेर समस्याको स्थायी समाधान गर्नेतर्पm प्रदेश सरकार लाग्नेछ । 

नवलपुरको गैँडाकोटदेखि बोटे बस्तीसम्मको लगभग ४४ किलोमिटर नारायणी नदीको कटान रोक्नका लागि जनता तटबन्धन कार्यक्रम चितवनले सञ्चालन गरे पनि नवलपुरतर्पm प्रभावकी नदेखिएको प्रदेशसभा सदस्य रोशनबहादुर गहामगर बताउनुहुन्छ । कावासोती नगरपालिका वडा नं ११ र १२ मा सबैभन्दा बढी कटान भएको बताउँदै उहाँ भन्नुहुन्छ, “नारायणी नदीमा वर्षादका कारण बहाव बढ्ने र त्रिवेणी सुस्ता गण्डक नहर बाँध भारतको तर्फबाट पूरै ढोका नखोल्दा प्रत्येक वर्ष कटानको खतरा बढ्ने गरेको छ ।” 

नारायणी नदीको पूर्व चितवन राष्ट्रिय निकुञ्जतर्फ नदीजन्य वस्तुको निकासीमा कडाइ हुनु र पश्चिमतर्पmको बस्तीमा चोरी निकासी बढेका कारण नदीको भङ्गालो सोझिएको नवलपुर जिल्लातर्फको क्षेत्रमा सङ्घीय र प्रदेश सरकारले तत्काल स्थायी तटबन्ध निर्माण गरी कटान रोक्नु अपरिहार्य रहको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ