Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अपराधीलाई कुनै पनि हालतमा छुट हुँदैन: डिएपी तिवारी

By kit 4 मिनेट पढाइ

भदौ १, पर्वत | जिल्ला प्रहरी कार्यालय पर्वतको प्रमुखका रुपमा सरुवा भएर आएका डिएपी भुवनेश्वर तिवारीले अपराधीहरुसंग कुनै हालतमा पनि सम्झौता नगर्ने स्पष्ट पारेका छन ।

जिल्लामा सरुवा भएर आएपछि पहिलो पटक सञ्चारकर्मीसंग भएको अन्र्तकृया कार्यक्रममा हुने राजनैतिक दबाब र अन्य प्रभाबका आधारमा अपराधीलाई छाड्ने काम नहुने स्पष्ट पारेका हुन ।

सञ्चारकर्मी आफ्नो कार्ययोजना समेत सार्वजनिक गर्दै उनले भने ‘अपराधीलाई कुनै पनि हालतमा छुट हुँदैन’ । राजनैतिक दबाब र बिचौलीयाका भनसुनका आधारमा अपराधीलाई जोगाउने प्रयास कसैले गरेपनि त्यसलाई सफल हुन नदिने उनको दाबी छ । पर्वतमा धेरै अपराधका घटनाहरु मेलमिलाप गर्न तथा दोषीलाई राजनैतिक संरक्षण प्राप्त हुने भएकाले काबार्ही गर्न प्रहरीलाई कठिन हुँदै आएको छ । कतिपय घटनामा बिचौलीयाले प्रहरीलाई प्रयोग गरि राजनैतिक र आर्थिक मुनाफा लिने गरेको आरोप पनि लाग्ने गरेको छ ।

अर्को प्रसंगमा प्रहरीले आफ्नो ब्यबहार र आचरणमा सुधारको प्रयास पनि थाल्ने उनले जानकारी दिए । प्रहरी आफै सच्चिएपछि नागरिकलाई भन्न सजिलो हुने भएकाले सुधारको प्रयास आँफैबाट थाल्ने भनाई उनको थियो । ‘प्रहरी सच्चिन नसकेको गुनासो सबैतिरबाट आउने गर्छ’ उनले भने ‘अब सुधारको थालनी प्रहरी भित्रैबाट हुनुपर्छ’

पर्वतमा सबैभन्दा बढी समस्याको रुपमा रहेको बालुवा, ढुंगागिटी तस्करीलाई नियन्त्रण गर्न प्रहरीको भूमिकामा कमि हुन नदिने बताउँदै तिवारीले यो समस्या स्थानिय तह, प्रदेश सरकार र संघीय सरकारको भएकाले समस्या समाधानका लागि तीन वटै तहको भूमिका सबैभन्दा महत्वपुर्ण हुने बताए ।

उनले महिला हिंसा न्युनीकरण गर्न र अपराधिक घटना हुन नदिन जनचेतना जगाउने तथा दोषीलाई काबार्ही गर्ने कुरामा प्रहरी प्रतिबद्ध रहेको बताए । गैह्रकानुनी धन्दा तथा लागुऔषधका बिरुद्ध पनि प्रहरी आक्रामक रुपमा प्रस्तुत हुने संकेत उनले दिए । ‘मेरो कार्यकालमा सुधार गरेरै छाड्छु’ उनले भने ‘त्यसका लागि सबैको सहयोग चाहिन्छ ।