२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

फलेवास नागरपालिका: देशकै मोडेल नागरपालिकाको परिचय स्थापित गरिने

२०७५, २ भाद्र शनिबार ०२:५६

भदौ २, फलेवास पर्वत | नगरपालिक भित्र सुशासन कायम गर्न फलेवास नगरपालिकाले यतिवेला ११ वटै वडामा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरेको छ ।

आव ०७४।७५ मा सञ्चालित कार्यक्रम वारे नागरीक समक्ष सार्वजनिकीकरण तथा कार्यक्रमको समिक्षा गरी पारदर्शिता र सुशासन कायम गराउन अन्र्तक्रिया तथा सर्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको नगर प्रमुख पदमपाणि शर्माले बताउनु भयो ।

नबौँ वडाको रुपमा शुक्रवार वडा नं ११ पाङराङमा सञ्चालित कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले कुनै पनि स्थानिय तहले अहिले सम्म नगरेको कार्यक्रमहरु फलेवासमा सञ्चालित गरिएको बताउनु भयो ।

देशकै नमुना स्थानिय तहको रुपमा स्थापित गर्न नगरपालिकाले कालिगण्डकि बहुउदेश्य परियोजना को अवधारण ल्यायको भन्दै केन्द्र सरकारवाटनै सम्भाव्यता अध्यनको लागि बजेट विनियोजन भएको बताउनु भयो ।

डहरेको लेकमा भ्यू टावर, मनमोहन सान्तिवाटिका तथा ओपन जु निमार्ण गरि आन्तरिक तथा बाह्य पर्यटक भित्रयाई नगरलाई आर्थिक सम्बृद्धिको पथमा अघि बढाउने कार्यक्रम अघि बढाईएको बताउनु भयो ।

सम्पुर्ण वडालाई एउटै सञ्जालमा जोड्नको लागि नगरपालिका भित्र भित्रि र बाहिर चक्रपथ निमार्णको कार्य समेत अघि बढाईएको उहाँको भनाई रहेको थियो ।

नगरमा उत्पादित बस्तुलाई नगरपालिकाले जिम्मा लिई बजारिकरणको व्यवस्था समेत गर्ने दिसामा आफुहरु रहेको उहाँको भनाई रहेको छ ।

यस्तै कार्यक्रममा उपप्रमुख मञ्जु अधिकारीले नगरपालिका सम्बृद्ध बन्न यहाँका नागरीकहरु व्यवसाईक बन्नु पर्ने बताउनु भयो । त्यस्तै उहाँले ११ वटै वडामा  ११ विधामा तालिम प्रदान गरिएको भन्दै तालिम सिकेको जनसक्ति हाल आफुले सिकेको विभिन्न  व्यवसायमा समेत आवद्ध बनेको बताउनु भयो ।

आफुहरु ५ बर्षको लागि सम्पुर्ण जनताको साझा व्यक्ति बनेको भन्दै सबै जनता संग हातेमालो गर्दै विकासका कार्यमा लाग्ने बताउनु भयो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानिय नागरीकहरुले विभिन्न सुझा सल्लाहा तथा माग र गुनासा राखेका थिय ।

मुख्य गरि स्वास्थय चौकिको लागि साम्सद विकास कोषवाट प्रप्त एम्बुलेन्स विग्रियर प्रयोग विहिन हुदाँ विरामिहरु मर्कामा पर्ने गरेको गुनासो गरेका छन् । यस्तै वडाकार्यलयमा लामो समयदेखि सचिव नहुदा सिफारिस लिन देखि लियर कर बुझाउन समेत समस्या हुने गरेको बताय ।

वडामा प्रयोग भईरहेका विजुलिका काठे पोल परिर्वतन गर्नु पर्ने, खानेपानिको समस्या रहेकोले मुहान संरक्षण र पहिचान गरि व्यवस्थापन गरिनु पर्ने, विध्यालयमा  आवस्यक शिक्षक नुहदा पठनापाठनमा समस्या आएकोले शिक्षक दरबन्दी को व्यवस्था गरिनु पर्ने,  प्रयाप्त सिचाईको व्यवस्था नभएको हुदाँ त्यसको व्यवस्था गरिनु पर्ने लगाएतका मागहरु राखेका थिय ।

उपस्थित नागरिक मध्य सुन्दर बराल, नन्द प्रसाद भुसाल, खिल प्रसाद पाठक, राधाकृष्ण पाठक, गणेश पाण्डे, रेशम बहादुर क्षेत्रि, भोजराज उप्रेति, इन्द्र बहादुर सुनार, ध्रुव प्रसाद पाठक, वोल माया कुवँर, गायत्रि कणेल बास्तोला, चन्द्र बहादुर कुँवर, विष्णु प्रसाद कणेल, तारा प्रसाद पोखरेल, मान बहादुर कुवँर, जयस्वर पौडेल, दिपक भट्राई, अंकित यादव, लक्ष्मी बराल, रन कुमारी कुवँर, पुस्कर बहादुर कुवँर, सावित्रि थापा, दिपेन्द्र चपाई, यामकलि पाण्डे, जिव प्रसाद पाण्डे, गोपि नेपालि, मान बहादुर नेपालि, हर्क बहादुर नेपालि, शान्ति कुवँर लगाएतले जिज्ञासा राखेका थिय ।

कार्यक्रममा उठेका प्रश्नलाई नगर प्रमुख , उप प्रमुख तथा वडा अध्यक्षले नगरकार्यपालिकाको बैठकमा राखि आवस्यकताको आधारमा सम्बोधन गरिने बताउनु भयो ।

वडा अध्यक्ष जित बहादुर सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चालु बर्षको कार्यक्रममाथि योजना व्यवस्थापक देवि तिमल्सिनाले प्रकास पार्नु भएको थियो भने संचालन नगरपालिकाका खरिदार पारश शर्माले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन