Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटमा पुल बगाएपछि समस्या

२०७५, २ भाद्र शनिबार ०३:१४

हेमन्त केसी | भदौ २, जाजरकोट (रासस) | बाढीले केही पुल बगाएपछि नलगाड नगरपालिकाका बासिन्दालाई समस्या भएको छ । पुल तर्न नसक्दा विद्यार्थी विद्यालय जानबाट बञ्चित भएका छन् भने सयौं स्थानीय बासिन्दालाई पनि आवतजावतमा कठिनाइ भएको छ । गत साउन २६ गते आएको बाढीले यहाँको वडा नं १, २, ३, ४ र ५का खोलाका पुल बगाएको थियो । 

त्रिभुवन माध्यमिक विद्यालय दल्ली र जनकल्याण निमाविमा पढ्ने विद्यार्थी पढाइबाट बञ्चित भएको शिक्षक दिनेश ओलीले बताउनुभयो । रुकुमको आठविसकोट नगरपालिकाबाट पढ्न आउने विद्यार्थीसमेत पढाइबाट बञ्चित भएका छन् । पुल नहुँदा साविकका लहँ र डाँडागाउँ गाविसका बासिन्दाको आवतजावत ठप्प भएको छ । खोलाले पानीघट्टसमेत बगाएकाले अन्न पिस्न नपाइ समस्या थपिएको डाँडागाउँका चन्द्र पुनले बताउनुभयो । 

झुम्रेखोलामा आएको बाढीले यहाँको कालिमटी र घुवारामा रहेको पुल बगाएकाले बारेकोट गाउँपालिकामा जाने–आउने बाटोका साथै जाजरकोट–डोल्पा सडक खण्डसमेत अवरुद्ध भएको छ । सयौँ यात्रु खोला तर्न नसक्दा समस्यमा परेका छन् । सडक अवरुद्ध हुँदा नलगाड हाइड्रोपावरको काम समेत बन्द भएको छ । निर्माणस्थल दल्लीमा आउने सडक अवरुद्ध भएपछि आयोजनाको काम ठप्प भएको हो । सुरुङ निर्माणको काम अवरुद्ध भएपछि तीन दर्जन मजदुर बेरोगार भएको स्थानीयवासी लोकेन्द्रविक्रम शाहीले बताउनुभयो । 

त्यस्तै नलगाड–८ स्थित पञ्च भयार मावि र कायखेतस्थित मष्ट प्राविका विद्यार्थी पनि पुलको अभाबमा विद्यालय जान पाएका छैनन । 

बाढीले बगाएका ठाउँमा अस्थायी पुल निर्माण गरिने नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताउनुभयो । बाढी र पहिराबाट भएको क्षतिका विषयमा अध्ययन गर्न कार्यदल गठन गरिएको छ । करोडौंको क्षति भएका कारण नगरपालिकाले मात्रै समाधान गर्न नसक्ने उहाँले बताउनुभयो । 

यता वनमन्त्री शक्तिबहादुर बस्नेतले जिल्लामा भएको क्षतिका विषयमा यकिन विवरण सङ्कलन भइरहेको बताउँदै प्याकेजमा राहत तथा पुनःस्थापनाका काम गरिने बताउनुभयो । 

अहिले जाजरकोट सदरमुकामलगायत पूर्वको नलगाड नगरपालिकामा बाढी र पहिरोका कारण करोडौँको क्षति हुनुका साथै सडक पूर्णरूपमा अवरुद्ध भएको छ । जलवायु परिर्वतनका हिसाबले सङ्कटपूर्ण जिल्ला बनाएका बेला बाढी र पहिराले थप समस्या निम्त्याएकाले सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सरकारसँग माग गरिएको सांसद गणेशप्रसाद सिंहले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना