२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीमा सर्पदंशका बिरामी बढ्दै

२ भाद्र २०७५, शनिबार ०६:५६

भदौ २, राजविराज | सप्तरीमा गर्मीसँगै परेको वर्षाका कारण जिल्लाको विभिन्न खोला र नदीमा पानी पसेपछि अहिले सर्पदंशका बिरामी बढ्दै गएका छन् । 

पछिल्लोपटक सर्पको डसाइबाट सप्तरीको विभिन्न नगरपालिका र गाउँपालिकामा सय जनाभन्दा बढी प्रभावित भएको छ । वर्षासँगै खोलानाला र नदीमा पानी पसेपछि सर्प बस्ने ठाउँ नभएको तथा बाढी पहिरोसँगै पहाडी जिल्लाबाट भागेर आएका सर्पका कारण पनि जिल्लामा अहिले सर्पको बिगबिगी बढेको जिल्लावासीको भनाइ छ । 

वर्षापछि जिल्लाको शहरी तथा ग्रामीण क्षेत्रमा बसोवास गर्ने स्थानीयवासी सर्पको डसाइबाट प्रभावित बनेका छन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा दैनिक सर्पदंशका बिरामी उपचारका लागि आउने क्रम बढेको अस्पतालले जनाएको छ । 

जिल्लाको एक मात्र सरकारी अस्पतालको रुपमा रहेको अञ्चल अस्पतालमा अहिले दैनिक १० देखि १५ जना सर्पदंशका बिरामी उपचारको लागि आउने गरेको अस्पतालका प्रमख चुमनलाल दासले बताउनुभयो । 

“सर्पदंशको बिरामीको सङ्ख्यामा वृद्धि भएपछि अस्पतालमा उपचारको लागि आउने बिरामी थपेकाले अहिले श्ययाको अभाव भएको छ” उहाँले भन्नुभयो । अस्पतालको सघन उपचार कक्षमा २५ श्यया रहेकाले दैनिक बिरामीको सङ्ख्या बढेपछि यहाँ राख्ने ठाउँको अभाव भएको प्रमुख दासले बताउनुभयो । 

खासगरी अहिले जिल्लाको विभिन्न ठाउँमा गर्मी बढेपछि तराई–मधेसमा देखिने गोमन, हरहारा, ढोरियालगायत बिषालु सर्प जताततै देखा पर्न थालेको राजविराज–३ का उमेश यादवले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य