२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्नाली विकासको दश वर्षे अवधारणा पत्रमा छलफल

१८ आश्विन २०७२, सोमबार ०६:५१

संवाद डवली । काठमाडौ, १८ असोज । नेपाल सरकारका अधिकारीहरुले कर्नाली विकासका लागि संभावनाका क्षेत्र अथाह भएकाले त्यसलाई क्षेत्रगत रुपमा केन्द्रित भई अगाडि बढाउनु पर्नेमा जोड दिएका छन् । उनीहरुले कर्नाली विकास आयोगको आयोजनामा ‘कर्नाली विकासको दश वर्षे आधार पत्र’ माथि छलफल गर्दै सो जोड दिएका हुन् ।

राष्ट्रिय योजना आयोगका सदस्य सचिव सुरेशमान श्रेष्ठले कर्नालीमा धानको चामलमा पाइने तत्व आलुमा पाइने भएकाले आलु उत्पादनमा जोड दिए । ‘कर्नालीमा हुने नुन चामलको राजनति यसले ब्रेक गर्छ’ उनले भने । यसैगरी महत्वपूर्ण जडिबुटीको खेती गरिनु पर्नेमा जोड दिदै उनले भने, ‘पर्यटनको संभावना रहेको कर्नालीको हुम्लामा बाह्देउ भ्यु टावर, मुगुको छायानाथ मन्दिर विश्वकै अग्लो स्थानको भएकाले त्यसलाई प्रचारमा ल्याई विकास गर्न सक्नुपर्छ ।’ प्रा. डा. पुष्कर बज्राचार्यले प्रस्तुत गरेको अवधारणामा टिप्पणी गर्दै पूर्व कर्नाली विकास आयोगका अध्यक्ष कलबहादुर रोकायाले कर्नाली विकासको आधार उत्तर–दक्षिण जोड्ने ५ सडकमा जोड दिनुपर्ने बताए । सोही आयोगका
पूर्व सदस्य दीपकबहादुर बुढाले कर्नालीको विकासका लागि सकारात्मक दृष्टिकोण निर्माण गरी अघि बढ्नुपर्ने दावी गरे । यस्तै राष्ट्रिय योजना आयोगका सह–सचिव गोपीनाथ पौडेलले कर्नाली विकासको आधार ट्रेकिङ पर्यटन र जलविद्युत क्षेत्र रहेको बताए । ‘तर यहाँ खाने बानीबाट परिवर्तन ल्याउन आवश्यक छ’ उनले भने ।

संवाद डवलीका अध्यक्ष दीपेन्द्र रोकायाले कर्नालीको स्थानीय उत्पादनमा जोड, ब्यवस्थित बस्ती विकास र पूर्वीय दर्शनको केन्द्र बाह्देउ भ्यु टावर निर्माण गरे कर्नालीले काँचुली फेर्ने आधार पाउने दावी गरे । उनले भने, ‘यसका लागि केन्द्र सरकार सकारात्मक हुने र स्थानीय स्तरमा सक्रीय सहभागिता हुन सक्न वातावरण बन्न सके कर्नाली  विकासको आधार निर्माण हुनेछ ।’ सोही छलफलमा नेपाल सरकारका विभिन्न मन्त्रालयका अधिकारीहरु सागर आचार्य, तीर्थ ढकाल, पुस्कर शाक्य, फुलदेव प्रधान, सुमन घिमिरे, इन्द्र पोखरेल लगायतले भाग लिएका थिए । उनीहरुले दिएको प्रारम्भिक प्रतिक्रियालाई समेटेर छिट्टै कर्नालीका जनप्रतिनिधिहरुको बीचमा छलफल गर्ने जानकारी आयोगका कार्यकारी अधिकारी पार्वती अर्यालले दिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने