२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्नाली विकासको दश वर्षे अवधारणा पत्रमा छलफल

२०७२, १८ आश्विन सोमबार ०६:५१

संवाद डवली । काठमाडौ, १८ असोज । नेपाल सरकारका अधिकारीहरुले कर्नाली विकासका लागि संभावनाका क्षेत्र अथाह भएकाले त्यसलाई क्षेत्रगत रुपमा केन्द्रित भई अगाडि बढाउनु पर्नेमा जोड दिएका छन् । उनीहरुले कर्नाली विकास आयोगको आयोजनामा ‘कर्नाली विकासको दश वर्षे आधार पत्र’ माथि छलफल गर्दै सो जोड दिएका हुन् ।

राष्ट्रिय योजना आयोगका सदस्य सचिव सुरेशमान श्रेष्ठले कर्नालीमा धानको चामलमा पाइने तत्व आलुमा पाइने भएकाले आलु उत्पादनमा जोड दिए । ‘कर्नालीमा हुने नुन चामलको राजनति यसले ब्रेक गर्छ’ उनले भने । यसैगरी महत्वपूर्ण जडिबुटीको खेती गरिनु पर्नेमा जोड दिदै उनले भने, ‘पर्यटनको संभावना रहेको कर्नालीको हुम्लामा बाह्देउ भ्यु टावर, मुगुको छायानाथ मन्दिर विश्वकै अग्लो स्थानको भएकाले त्यसलाई प्रचारमा ल्याई विकास गर्न सक्नुपर्छ ।’ प्रा. डा. पुष्कर बज्राचार्यले प्रस्तुत गरेको अवधारणामा टिप्पणी गर्दै पूर्व कर्नाली विकास आयोगका अध्यक्ष कलबहादुर रोकायाले कर्नाली विकासको आधार उत्तर–दक्षिण जोड्ने ५ सडकमा जोड दिनुपर्ने बताए । सोही आयोगका
पूर्व सदस्य दीपकबहादुर बुढाले कर्नालीको विकासका लागि सकारात्मक दृष्टिकोण निर्माण गरी अघि बढ्नुपर्ने दावी गरे । यस्तै राष्ट्रिय योजना आयोगका सह–सचिव गोपीनाथ पौडेलले कर्नाली विकासको आधार ट्रेकिङ पर्यटन र जलविद्युत क्षेत्र रहेको बताए । ‘तर यहाँ खाने बानीबाट परिवर्तन ल्याउन आवश्यक छ’ उनले भने ।

संवाद डवलीका अध्यक्ष दीपेन्द्र रोकायाले कर्नालीको स्थानीय उत्पादनमा जोड, ब्यवस्थित बस्ती विकास र पूर्वीय दर्शनको केन्द्र बाह्देउ भ्यु टावर निर्माण गरे कर्नालीले काँचुली फेर्ने आधार पाउने दावी गरे । उनले भने, ‘यसका लागि केन्द्र सरकार सकारात्मक हुने र स्थानीय स्तरमा सक्रीय सहभागिता हुन सक्न वातावरण बन्न सके कर्नाली  विकासको आधार निर्माण हुनेछ ।’ सोही छलफलमा नेपाल सरकारका विभिन्न मन्त्रालयका अधिकारीहरु सागर आचार्य, तीर्थ ढकाल, पुस्कर शाक्य, फुलदेव प्रधान, सुमन घिमिरे, इन्द्र पोखरेल लगायतले भाग लिएका थिए । उनीहरुले दिएको प्रारम्भिक प्रतिक्रियालाई समेटेर छिट्टै कर्नालीका जनप्रतिनिधिहरुको बीचमा छलफल गर्ने जानकारी आयोगका कार्यकारी अधिकारी पार्वती अर्यालले दिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल