२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

विश्वका चारधाम भित्र पर्ने छायाँनाथ धामको तीर्थयात्रा शुरु

२ भाद्र २०७५, शनिबार १०:१८

नन्द बहादुर रोकाया | भदौ २, मुगु | विश्वका चारधाम भित्र पर्ने छायाँनाथ धामको तीर्थयात्रा शुरु भएको छ । आज छायाँनाथ रारा नगरपालीका वडा नं २ चैन गाउँमा रहको छायाँनाथ मन्दिरमा रहेका शिवजीको मूर्ती पुजारीका साथ बाजागाजा र सुरक्षाकर्मीसहित मुगुमकामरोङ गाउँपालीका तथा साविकको डोल्फु गाविसमा रहेको छायाँनाथ मन्दिरमा लगेपछि छायाँनाथ धाम तीर्थयात्रा शुरु भएको हो ।  


हरेक बर्ष श्रावण शुक्लपक्ष, अष्टमी तिथीका दिन जिल्लाको प्रसिद्ध देवता छायाँनाथ मन्दिरमा रहेको छायाँनाथ ठाकुर ज्युको मुर्ति पवित्र धाम छायाँनाथमा नुहाउन लगिए संगै छायाँनाथ धाम तिर्थ यात्र शुरु भएको मानिन्छ ।आज लगिएको शिवजीको मूर्ति जनैपूर्णीसम्म छायाँनाथ मन्दिरमा रहने र दर्शनको लागी मुगु लगायत, जुम्ला हुम्ला कालीकोट डोल्पा दैलेख, जाजरकोट , बाजुरा ,अछाम, डोटी लगायतका धामी झाँक्रीसहित तीर्थालुहरु दर्शन गर्न छायाँनाथ धाममा आउने गर्दछन ।जनैपूर्णीमामा छायाँनाथमा ५ दिनसम्म पुजापाठ, होम ब्रत हुने गर्दछ भने त्यसमा बरदान माग्न १५ जिल्लाबाट तीर्थालुको ओइरा लाग्ने गरेको छायाँनाथ मन्दिरका पुजारी लक्ष्मी प्रसाद चौलागाईंले बताए । 


विष्णु शक्तिले झिंगा उत्पादन गरी महादेवले बोकेकी सत्यदेविको सम्पूर्ण अंग छायाँनाथमा पतन भएको हुँदा त्यस ठाउँलाई छायाँनाथ तिर्थस्थलका रुपमा पुज्न थालिएको पुजारीको भनाई छ ।उक्त छायाँनाथ मन्दिरमा जाने तीर्थालुहरुले श्राद्ध, होम, व्रतबन्ध, र आफुले चिताएको वरदान मागेर फिर्ता हुने गरेका छन् । कोही झाँक्री बनेर आउने गरेका छन् भने कोही देवताका घण्टमाला पवित्र बनाउन जाने गरेका छन् । बिश्वकै ४ पवित्र स्थलका रुपमा रहेको छायाँनाथ बिश्वकै उच्च स्थानमा रहने धामका रुपमा समेत चिनिने गर्दछ  । आज प्रस्थान गरेको टोली अबको ९ दिन पछाडी अथवा परेउ पुर्णीमा दिनमा फर्किने गर्दछ ।यसैबिच, भोली  नवमीका दिन जिल्लामै रहेको अर्को धार्मिक स्थल क्रृणमोक्ष मन्दिरमा पनी छायाँनाथ मन्दिरमा रहेको अर्को मुर्ति लिएर तिर्थालुहरु जाने भएका छन् । त्यहाँ पनी मुगु लगायत जिल्ला बाहिरका तिर्थालु दर्शन गर्द आउने गर्दछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य