2026-09-13 04:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

नयाँ दुई शहर निर्माणले गति लिएन

भदौ ४, दैलेख | सरकारद्वारा घोषित नयाँ शहरमध्ये दैलेखको पश्चिममा पर्ने आठबीस नगरपालिका राकम कर्णालीको निर्माण कार्यले गति लिन सकेको छैन । 

सरकारले मध्यपहाडी राजमार्गमा १० नयाँ शहर बनाउने घोषणासहित आयोजना निर्माण कार्यक्रम शुरु गरेको थियो । मध्यपहाडी राजमार्गसँगै पर्ने दैलेखको राकम कर्णालीमा नयाँ शहर बनाउन चार वर्षअघि कार्यालय खोलियो । तर आयोजनाको काम सुस्त गतिमा अगाडि बढेको जिल्ला समन्वय समिति दैलेखका सदस्य ललितजङ्ग माझीले बताउनुभयो । आयोजनाका कर्मचारीको लापर्बाही र उचित ध्यान नपुग्दा योजना जिम्मा लिएका कम्पनीलेसमेत काममा ढिलाइ गरिरहेको माझीको भनाइ छ । 

अहिलेसम्म २० प्रतिशत कामसमेत हुन नसकेको र आयोजनाले स्थानीय बासिन्दासँग समन्वय नै नगरी जथाभावी ढङ्गले सडकको बाटो खोलेको स्थानीय अर्जुनबहादुर शाहीले बताउनुभयो । जग्गा विवादले काम लामो समयदेखि प्रभावित छ। 

सहयोगीका भरमा कार्यालय 

आयोजना राकम कर्णालीको कार्यालय डेढ महिनादेखि प्रमुखविहीन छ। कार्यालय प्रमुख सञ्जीव शाहले आफू समीक्षा कार्यक्रमा सहभागी हुन काठमाडौँ गएको जानकारी दिनुभयो । अन्य तीन कर्मचारी बिदा बसेपछि सहयोगीको भरमा कार्यालय सञ्चालन भएको छ। लेखापाल र खरिदारसमेत काठमाडौँमै छन्। १४ जनाको दरबन्दीको कार्यालयमा करारका कर्मचारीको साउन १ गतेदेखि म्याद सकिएको थियो । 

पाँच वर्षदेखि जग्गा अधिग्रहणमा कुरा नमिल्दा पनि काम सुस्त हुन पुगेको आयोजनाले जनाएको छ। शहरी विकासका लागि १३७ रोपनी जग्गा अधिग्रहण प्रक्रिया मुआब्जा विवादकै कारण रोकिएको हो। अधिग्रहणमा शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय सुर्खेतको प्रतिवेदनका आधारमा जग्गा प्राप्ति ऐन विपरीत मुआब्जा निर्धारण गरिएको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका थिए। उनीहरूले नियमअनुसार मुआब्जा वितरण गर्नुपर्ने भन्दै क्षेत्रीय प्रशासन कार्यालय र गृहमन्त्रालयमा उजुरी दिएका थिए। 

सम्बन्धित निकायले उजुरीको सुनुवाइ नगरेको स्थानीय मिलन विकले बताउनुभयो। आयोजनाले जग्गा बराबरको मुआब्जा दिन नसक्दा आफूहरूले रकम लिन नमानेको विकको भनाइ छ । 

जग्गा खाली नभएकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम रोकिएको कन्सल्टेन्सीले जनाएको छ। एसभीआरसी कन्सल्टेन्सीका सञ्चालक केशवराज पाठकले विसं २०७३ मा कामको सम्झौता गरे पनि जग्गाधनीले जग्गा दिन नमानेकाले काममा ढिलाइ भएको बताउनुभयो। “ब्लक पनि पास भएको एक वर्ष भयो, फिल्डमा आएर धेरैपटक जग्गा धनीसँग सहकार्य गर्न खोज्यौँ तर समस्या समाधान हुन सकेन ।” 

आयोजनाले उज्यालो शहर कार्यक्रमअन्तर्गत राकम कर्णालीमा सौर्य ऊर्जा जडान गरिसकेको छ । जडान गरिएको सौर्य ऊर्जा पहुँच भएकाको घर अगाडि रहेको स्थानीय बासिन्दा हरिदेवी माझीले बताउनुभयो । 

आयोजनाले समस्या समाधान गर्ने नयाँ प्रक्रिया अपनाएको जनाएको छ। राकम कर्णाली– ५ स्थित बगरखेतमा ‘ल्यान्ड पोलिङ’ को जिम्मा लिएको मैत्री कन्सल्टटेन्सीले २५ दिनअघि नै काम सकिएको जनाएको छ। आयोजनालाई सम्पूर्ण जग्गाको जिम्मा दिइएको छ । पछिल्लो समय आयोजना भित्रका सम्पूर्ण जग्गाको २४ प्रतिशत मुआब्जा कटौती गर्दै ७६ प्रतिशत जग्गा धनीलाई उपलब्ध गराउने प्रतिबद्धतासाथ काम गरिरहेको खरिदार दीपक दसौदीले जानकारी दिनुभयो । 

निगरानी गरिरहेका छौँ: उपप्रमुख 

आठबीस नगरपालिकाकी उपप्रमुख दीपा बोहोराले आयोजनाको काम कारवाहीबारे आफूहरूले निगरानी गरिरहेको जानकारी दिनुभयो । सरकारले कार्यालयमा पर्याप्त कर्मचारी नपठाउँदा समस्या भएको र प्रमुखलाई नियमित कार्यालय बस्न अनुरोध गरेको उपप्रमुख बोहोराको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले