Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बर्दियाको राजापुर नगरका जग्गाधनी पुर्जाबाट वञ्चित

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>भदौ ५, बर्दिया |</b> पश्चिम नेपालको पुरानो बजार राजापुर नगरपालिकामा बसोबास गर्दै आएकाहरुले स्थानीय बसोबास भएको ७५ वर्ष भैसक्दा पनि स्थानीय जग्गाधनी पूर्जा पाउनबाट मानिसहरु वञ्चित भएका छन् ।&nbsp;<br></p><p>पूर्जा वितरण कायमै राख्न त्यससम्बन्धी समितिको म्याद थप्न गर्न उद्योग वाणिज्य संघ प्रतिनिधिमण्डलले भूमि व्यवस्थापन, कृषि तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीलाई ज्ञापनपत्र बुझाएको छ । तीन महिनाको म्याद थोरै भएका कारण जग्गाधनी पूर्जा प्राप्त गर्न नसकेकाले म्याद थप्न आग्रह गरिएको अध्यक्ष कृष्णकुमार रेग्मीले बताउनुभयो । राजापुर नगरपालिकामा जग्गाधनी पूर्जा पाउनबाट २८० जना वञ्चित छन् ।&nbsp;</p><p>पचहत्तर वर्षदेखि राजापुर नगरपालिकामा बस्दैआएका ४३८ घरमध्ये १५८ ले जग्गा धनीपूर्जा पाए पनि बाँकी २८० जनाले पाएका छैनन् । अधिकारसम्पन्न बहाल बिटौरी समितिले गत माघदेखि चैतमा जग्गा धनीपूर्जा वितरण गरेको थियो ।&nbsp;</p>