2026-10-29 02:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

बाल बिवाह विरुद्धको सय दिने अभियानमा गुल्मीका रेडियोकर्मी पोखरेल प्रथम

प्रेम सुनार । भदौ ६, बुटवल। नेपालभर संचालन भएको बाल विवाह विरुद्धको सय दिने सामुदायिक रेडियो अभियानका क्रममा सक्रिय सामुदायिक रेडियो मध्ये १० वटा रेडियो पुरस्कृत भएका छन् ।

बाल बिवाह विरुद्धको आवाज संकलन गरेर पठाएको सङ्ख्याका आधारमा सामुदायिक रेडियो स्काईकर्मी हुमकान्त पोखरेल देशभर मै प्रथम भएका हुन ।  जसमा  गुल्मीको सामुदायिक रेडियो स्काईका हुमाकान्त पोखरेललाई  सामुयायिक रेडियोहरुको छाता संगठन अकोरावले ११ हजार राशिको प्रथम पुरस्कारले पुरस्कृत गरेको सामुदायिक सुचना नेटवर्कका समाचार प्रमुख गोविन्द खड्काले जानकारी दिए ।

पोखरेलले गुल्मी जिल्लाबाट कुल एक हजार ६७ वटा बाल बिवाह विरुद्धका आवाज सीआइएन् लाई पठाएका थिए । भने रेडियो स्काईले पनि बाल बिवाह विरुद्धका आवाज बिहान ८ बजे र साँझ ७ बजेको स्काई खबरमा प्रशारण गरेको रेडियोले जनाएको छ ।

जिल्ला समन्वय समिति, रेसुङ्गा र मुसिकोट नगरपालिका, धुर्कोट, मदाने, गुल्मीदरबार, छत्रकोट र इश्मा गाउँपालिका लगायतका स्थानिय तहका जनप्रतिनिधि तथा कर्मचारीको बाल बिवाह न्यूनिकरणको प्रतिवद्धता सीआइएन् र सामुदायिक रेडियो स्काईबाट प्रशारण भएको थियो । 

पोखरेल विगत दुई बर्षदेखि गुल्मीको सदरमुकामस्थित सामुदायिक रेडियो स्काईमा समाचारको क्षेत्रमा कार्यरत छन् । त्यसका साथै उनी ए.बि.सी. टेलिभिजनका पनि गुल्मी संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने सेयर बजारमा उच्च अंकको वृद्धि देशको स्वाधीनता रक्षाका लागि आन्दोलनको विकल्प छैन : केपी शर्मा ओली पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु ६ हजार शिक्षकको बढुवा पुनरवलोकन हुँदै जातीय विभेद र महिला हिंसा नियन्त्रणका लागि मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुल्यो भारी वर्षा र हिमपहिरोको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ भारी वर्षाको जोखिमपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन सुर्खेतमा दाउरा प्रहारबाट एक जनाको मृत्यु, आरोपी पक्राउ सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ