पढ्न करिब 1 मिनेट लाग्छ

प्रेम सुनार । भदौ ६, बुटवल। नेपालभर संचालन भएको बाल विवाह विरुद्धको सय दिने सामुदायिक रेडियो अभियानका क्रममा सक्रिय सामुदायिक रेडियो मध्ये १० वटा रेडियो पुरस्कृत भएका छन् ।

बाल बिवाह विरुद्धको आवाज संकलन गरेर पठाएको सङ्ख्याका आधारमा सामुदायिक रेडियो स्काईकर्मी हुमकान्त पोखरेल देशभर मै प्रथम भएका हुन । जसमा गुल्मीको सामुदायिक रेडियो स्काईका हुमाकान्त पोखरेललाई सामुयायिक रेडियोहरुको छाता संगठन अकोरावले ११ हजार राशिको प्रथम पुरस्कारले पुरस्कृत गरेको सामुदायिक सुचना नेटवर्कका समाचार प्रमुख गोविन्द खड्काले जानकारी दिए ।

पोखरेलले गुल्मी जिल्लाबाट कुल एक हजार ६७ वटा बाल बिवाह विरुद्धका आवाज सीआइएन् लाई पठाएका थिए । भने रेडियो स्काईले पनि बाल बिवाह विरुद्धका आवाज बिहान ८ बजे र साँझ ७ बजेको स्काई खबरमा प्रशारण गरेको रेडियोले जनाएको छ ।

जिल्ला समन्वय समिति, रेसुङ्गा र मुसिकोट नगरपालिका, धुर्कोट, मदाने, गुल्मीदरबार, छत्रकोट र इश्मा गाउँपालिका लगायतका स्थानिय तहका जनप्रतिनिधि तथा कर्मचारीको बाल बिवाह न्यूनिकरणको प्रतिवद्धता सीआइएन् र सामुदायिक रेडियो स्काईबाट प्रशारण भएको थियो ।

पोखरेल विगत दुई बर्षदेखि गुल्मीको सदरमुकामस्थित सामुदायिक रेडियो स्काईमा समाचारको क्षेत्रमा कार्यरत छन् । त्यसका साथै उनी ए.बि.सी. टेलिभिजनका पनि गुल्मी संवाददाता हुन् ।